बेलडाँडीमा न्यू अाराधना कला मन्दिरमा धमाधम नृत्य प्रशिक्षण

171
VIEWS

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. २ चवन्नी बजारमा  न्यू अाराधना कला मन्दिरले नृत्यका कक्षाहरू धमाधम संचालनमा ल्याएको छ ।

बेलडाँडी वासीको मनजित्न सफल यो कला मन्दिरले अहिले बेलडाँडीकै मात्र नभई जिल्लाकै चर्चित कला मन्दिर बन्न सफल भएको छ । कला मन्दिरमा तालिम प्राप्त प्रशिक्षकद्धारा कला प्रशिक्षण गराईन्छ ।

मन्दिरमा प्रशिक्षार्थीहरूलाई टेलिफिल्म, फिल्म, म्यूजिक भिडीयोहरूमा खेल्ने अवसर समेत दिने गरेको अाराधना कला मन्दिरले जनाएको छ ।

कला मन्दिर व्यवसायिक हिसावले मात्र नभएर स्वस्थ, सभ्य र सिर्जनशिल समाज निर्माणमा विशेष योगदान पु¥याउने उद्देश्यले स्थापना गरिएको निर्देशक भुपेन्द्र रानाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार २०६६ सालमा स्थापित भई बालबालिका, महिला, पुरुष, युवाहरुको लागि नृत्य, अभिनय मोडलिङ तथा सबै उमेर समुदायको ब्यक्ति ब्यक्तित्वहरुका लागि सकारात्मक सोच, लोक संस्कार र संस्कृति सम्बन्धि बिधागत प्रशिक्षकहरुबाट दैनिक कक्षा संचालन गरि  सेवा प्रदान गरिरहेको जनाए ।

उक्त कला मन्दिरले हिप पप डान्स, ब्रेक डान्स, कल्चरल डान्स, एरोबिक लगाएतका नृत्यहरु पशिक्षण गराउनका साथै शारीरिक व्यायाम, म्यूजिक भिडियो र टेलिफिल्महरुमा अभिनयको अवसर पनि दिएर आफुभित्र लुकेको कलालाई बाहिर निकाल्न मद्दत गर्दछ ।  न्यू अाराधना कला मन्दिरको निर्देशक भुपेन्द्र राना र प्रबन्धक निर्देशक नरेन्द्र राना क्षेत्री रहेका छन् ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार