संघीय निजामती ऐन जारी गर्न प्रधानमन्त्रीलाई ज्ञापन

2
VIEWS

कञ्चनपुर:

कञ्चनपुरका कर्मचारी संघ संगठनहरुले सं्रघीय निजामती ऐन जारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र पठाएका छन ।

बुधबार विभिन्न चार कर्मचारी संघ संगठनले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत संघीय निजामती ऐन जारी गर्न प्रधानमन्त्रीलाई ज्ञापन पठाएका हुन ।

 

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले संघीय निजामती कर्मचारीऐन कर्मचारीमैत्री हुनुपर्ने र ऐनका विवित मुद्दा सच्याउनुपर्ने माग अघि सारेर प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।

 

नेपाल निजामती कर्मचारी संगठन सहित नेपाल निजामती कर्मचारी यूनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन ।

 

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमसिह ऐर, नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्द, नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती)का अध्यक्ष भान बहादुर महरा र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष पुरुषोत्तम भट्टद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा दर्जनौँ सुझाव सल्लाह माग अघि सारिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार