कञ्चनपुर,
संगठनको स्थापना दिवसमा नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले अनाथ बालबालिकालाई खाद्यान्न वितरण गरेको छ ।
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले बिहीबार अनाथ बालबालिकालाई खाद्यान्न वितरण गरेको हो ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले संगठनको ३३औँ स्थापना दिवसमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा खाद्यान्न एव फलफुल वितरण गरेको बताए ।
अध्यक्ष चन्दका अनुसार संगठनको स्थापना दिवसमा समाजिक कार्य गर्ने उदेश्यका साथ अनाथालयमा चामल, दाल, आटा, फलफुल नुन, तेल सहित फलफुल वितरण गरिएको बताए ।
कार्यक्रममा संगठनका अध्यक्ष सहित मान बहादुर चन्द सहित केन्द्रीय सदस्य प्रताप चन्द, सुप प्रदेशका महासचिव महादेव जोशी, पेशागत महासंघ केन्द्रीय सदस्य गंगादत्त जोशी, जिल्ला सचिव दिनेशराज भट्ट सहितको उपस्थिति रहेको थियो ।
Discussion about this post