बेलडाँडी,
नयाँ शैक्षिक सत्रलाई मध्यनजर गर्दै कञ्चन सामुदायिक विकास केन्द्रको पहलमा बेलडाँडी गाउँपालिका वडा नं. ५ मा रहेका सामुदायिक विद्यालय, चोकचाैराहमा सरसफाई थालिएको छ ।
गर्मी र फोहोरका कारण विभिन्न रोगविरोग निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै बेलडाँडी गा.पा. -५ बैजनाथ मा.बि,कालिका अाधारभूत विद्यालय र वडाका मुख्य ठाउँमा सफाई गरिएको हो ।
” घर अगाडी फोहर फाल्न राखौ एउटा झोला, यत्रतत्र फोहर मैला नफाली दिनु होला” भन्ने मुल नाराका साथ कञ्चन सामुदायिक बिकास केन्द्रको अायोजना र स्थानिय युवा संजाल, समाजसेवी र वडा नं ५ काे संयुक्त जनप्रतिनिधि टिम, प्रहरी चाैकी झिलमिला, सामुदायिक समुह, विपद् व्यवस्थापन समिति, खानेपानी तथा सरसफाईका प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिको समन्वयमा सफाई कार्यक्रम गरिएको विकास केन्द्रले जनाएको छ ।
यस कार्यक्रमले सबैमा सकारात्मक सन्देश दिने वडा नं. ५ का अध्यक्ष ईन्द्र बहादुर खडकाले जानकारी गराउनु भयो ।
उनका अनुसार बिद्यालयको नयाँ शैक्षिक शत्र सञ्चालन भैरहेको र बाटोहरुमा जथाभावी गाइगोरु बाध्ने बिद्यालयको बाहिरी क्षेत्र र भित्री क्षेत्रमा घाँस पलाएको,प्लास्टिक फालेको,जथाभावी झारपात फोहोर भएको र बिद्यार्थीले सरसफाइ गर्दा केहिदिन पढाइमा बाधा अडचना आउने भएकाले सबै मिलेर सफा गर्नु राम्रो कार्य भएको जनाए ।
यस अभियानमा संलग्न ब्यक्तिले आ-आफ्नो घर देखि चाहिने सम्पुर्ण सामाग्री ल्याएको, बिधालयको भौतिक,सामाजिक र शैक्षिक अवस्थामा सुधार ल्याउन र बिद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भनेर”आफ्नो विद्यालय आफै बनाअाैं” आफ्नो गाउँ आफै बनाअाैं” भन्ने भावना समस्त गाउँबासीमा जाग्नु पर्ने बताए ।
अागामी दिनमा गाैडी,इमलिया र गणेश मावि भुर्षामा यो अभियान चलाउने संस्थाले जनाएको छ ।
कञ्चन सामुदायिक विकास केन्द्रले यस अघि बेलडाँडी गाउँपालिकाको मुख्य बजार सफाई गरेको थियो भने विगत केही बर्ष यता देखि मुनाफा रहित सामाजिक कार्य गर्दै अाएको छ ।
Discussion about this post