वेदकोटमा पालिका स्तरीय दुई दिने स्वास्थ्य समबन्धि अर्धवार्षिक समीक्षा कार्यक्रम समपन्न

22
VIEWS

प्रकाश भट्ट/कञ्चनपुर,

वेदकोटमा पालिका स्तरीय दुई दिने स्वास्थ्य समबन्धि अर्धवार्षिक समीक्षा कार्यक्रम समपन्न भएको छ।

 

पालिकाले आयोजना गरेको दुई दिने कार्यक्रममा तिन वर्ष यताको स्वास्थ्य सम्बन्धित कार्यहरूको समीक्षा तथा विवरणात्मक प्रस्तुति भएको वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले जानकारी दिनु भयो ।

 

उनले भनिन् ‘दुई दिने यस कार्यक्रममा विगतका तिन वर्षमा स्वास्थ्य समबन्धि भएका सम्पूर्ण कार्यहरू, पालिकाका १० ओटै स्वास्थ्य केन्द्रहरूबाट प्रदान गरिएका स्वास्थ्य सेवाहरूको समीक्षा तथा विवरणात्मक प्रस्तुति गरेका छौँ।

उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, १० वटै वडाका स्वास्थ्य शाखा प्रमुख तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमबाट विगतका वर्षहरूमा भएका कमी कमजोरीलाई सुधार गर्ने र अागामी दिनमा गुणस्तरीय सेवा प्रदान गर्ने तर्फ आफूहरू लाग्ने उनले बताइन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार