बाघलाई नियन्त्रणमा सघाँउन बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली खप्टिनाला तर्फ

कचनपुर;

बेलौरी कचनपुर महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयले दिउसोदेखि घेरेर बसेका छन्। आक्रमणको घटना पछि बेलौरी नगरपालिका–८ पचुइँको खप्टिनालास्थित झाडीमा लुकेको बाघलाई स्थानीय र सुरक्षाकर्मीले घेरा हालेका हुन।

बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली खप्टिनालामा। उक्त टोलीलाई सहयोग गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बाघ रहेको क्षेत्रमा पुगिसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले जानकारी दिए।

‘आवश्यक परेमा हात्तीको प्रयोग गर्न सकिनेछ त्यसका लागि बेल्डाडी पोष्टमा हात्ती तम्तयार अवस्थामा राखिएका छन्,’ उनले भने। शुक्रबार आज ।
बिहान करिब ११ बजेतिर पचुइँकी गंगा चन्दलाई बाघले आक्रमण गरेको थियो। गाउँका ४÷५ जना महिलासँगै घाँस काटन उनी बिहान खप्टिनाला क्षेत्रमा गएकी थिइन।

आत्तिदै गाउँमा आएका महिलाले घटनाको बेलिबिस्तार लगाएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी उक्त क्षेत्रमा पुगेका थिए। बाघले स्थानीयलाई झम्टिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको जनकारी दीएको छ।

बाघको आक्रमणपछि महिला बेपत्ता भएकी छन्। ७ घण्टासम्म पनि उनको अवस्था थाहाँ नपाएपछि स्थानीय आक्रोशित छन्। उनीहरुले ढुंगा प्रहार गर्दा एक जना प्रहरी कर्मचारी घाइते भएका छन्।

ड्रोन क्यामेरामा बाघ र महिलाका वस्त्र देखिएको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले बताए। ‘बर्दियाको प्राविधिक टोली घटनास्थलमा पुगेपछि बाघलाई नियन्त्रणमा लिइनेछ,’ उनले भने।बाघलाई डार्ट गरी लठ्याएर नियन्त्रणमा लिइन्छ। राति हुन लागेकाले त्यो काम आजै गर्ने वा भोलि त्यसको टुंगो भने लागिसकेको छैन।

घटनापछि स्थानीय त्रसित छन्। करिब १ हजारको संख्यामा रहेका स्थानीयले बाघलाई घेरा हालेर बसेका छन्। बाघ फुत्किएमा फेरी अरुमाथि आक्रमण हुनसक्ने भय उनीहरुमा देखिन्छ।

चन्दसँगै घाँस काटन गएका अन्य महिलाले भागेर ज्यान जोगाउन सफल भयका छन। घटनाले पचुइँ क्षेत्रमा त्रास फैलिएको छ। यसअघि चैत मध्यतिर घाँस काटन दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएकी पुनर्वासकी एक महिलाको बाघको आक्रमणमा मृत्यु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित