बेलौरीमा महिलामाथी आक्रमण गर्ने बाघलाई प्राविधिक टोलीले लीयो नियन्त्रणमा

बेलौरी;

कञ्चनपुर । बेलौरीमा महिलालाई आक्रमण गर्ने बाघलाई प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको छ। बेलौरी नगरपालिका–८ पचुईँस्थित खप्टी नालामा महिलालाई आक्रमण पछि सोही क्षेत्रमा लुकिरहेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान ११ बजे पचुईँमा घाँस काट्न गएकी गंगा चन्दलाई बाघले आक्रमण गरेको थियो। उनको अवस्था अझै अज्ञात छ। घटनापछि शुक्रबार दिनभर स्थानीयले बाघलाई घेरा हालेका थिए। त्यसपछि सोही क्षेत्रमा देखिएको बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली शुक्रबार नै घटना स्तल आइपुगेको थियो।

बर्दियाका बाघ बिज्ञ डा। दिनेश देवकोटाको नेतृत्वमा ३ सदस्यीय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका आभास श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय टोलीले बाघलाई डार्ट गरेर लठ्याएर नियन्त्रणमा लिएको हो।

‘आज बिहान बाघ नियन्त्रणमा लिन सफल भएका छौैँ, डार्ट गरेर बाघलाई लठ्याएर नियन्त्रणमा लिएका हौ, यसको असर तीन घण्टासम्म रहन्छ,’ सव वन डिभिजन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले भने, ‘त्यतिञ्जेलसम्म लठ्ठिएको बाघलाई शुक्लाफाँटा छोड्ने तयारी छ।’ उनका अनुसार अहिले बाघलाई पिजडामा राखिएको छ। बाघ नियन्त्रणमा आएसँगै अब बेपत्ता महिलाको खोजी कार्य मा पनी सहन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित