कञ्चनपुर,
चालु शैक्षिकसत्र २०८० का लागि विद्यार्थी भर्नाका लागि सामुदायिक विद्यालयले अभियान थालेका छन ।
कञ्चनपुरका सामुदायिक विद्यालयले भर्ना अभियान विद्यालयमा मात्रै होईन विद्यार्थी खोज्न समुदाय स्तरमा घरदैलो गरिरहेका छन ।
तर, जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)ले भने विद्यार्थी भर्नाका लागि विद्यार्थीविच प्रतिस्पर्धा गराईरहेको छ । उस्तैपनि विद्यार्थीको उच्च चाप हुने महेन्द्रनगर नमुना मावि(साधार स्कुल)मा नयाँ विद्यार्थी भर्नाका लागि विद्यायलले प्रवेस परीक्षा लिएको छ ।
अभिभावकले आफ्ना सन्तान बोडिङ्गस्कुलबाट छुटाएर सामुदायिक विद्यालयमा समेत भर्ना गराईरहेका छन ।
भीमदत्त नगरपालिका १२ ऐरीकी शान्ति देवी जोशीले छोरी रितु जोशीलाई बोडिङ्गबाट छुटाएर महेन्द्रनगर मावि(साधारण)मा भर्ना गराउन प्रवेस परीक्षामा सहभागि गराएकी छिन ।
‘यहाँ राम्रो पढाई हुन्छ, सुनेको थिए, नमुना विद्यालय पनि भयो, त्यही भएर मैलेपनि छोरीलाई बोडिङ्गबाट छुटाएर यहाँ भर्ना गर्न ल्याएकी छु ।’ रितुले कक्षा ६ मा भर्नाका लागि प्रवेस परीक्षा दिएकी छिन ।
भीमदत्त नगरपालिका १८ निम्बुखेडाका स्थानीय कृष्ण बहादुर चन्दले समेत बोडिङ्ग स्कुलमा पढिरहेकी छोरी सुस्मा चन्दलाई छुटाएर महेन्द्रनगर मावि(साधारण)का ल्याएका छन । ‘बोडिङ्ग भन्दा समुदायकै विद्यालयमा गुणस्तरिय सहित नैतिवान शिक्षा देखेर उता छुटाएर यहाँ ल्याएको हुँ ।’
जिल्ला बाहिरबाट समेत विद्यार्थी भर्नाका लागि आएका छन । शिखर नगरपालिका १० डोटीकी सरस्वती देवी भुलले तीन छोराछोरी भर्नाका लागि महेन्द्रनगर आएकी छिन ।
सरस्वतीले भीमदत्त नगरपालिका १८सालघारीमा भाडामा बसेर सन्तानको भविष्य बनाउने योजना बनाएर थाकथलो छाडेर तीन छोराछोरीलाई महेन्द्रनगर नमुना मावि(साधारणमा) भर्नाका लागि प्रवेस परीक्षा दिन लगाएकी छिन ।
सरस्वतीका छोरा अम्मर भुल कक्षा १, छोरी अस्मिता र आनन्दी नर्सरीमा भर्नाका लागि आएका छन । सरस्वती भुलले राम्रो सामुदायिक विद्यालय भएकाले सन्तानको भविष्यका लागि डोटीदेखि कञ्चनपुर आएको बताईन ।
गत शैक्षिक सत्रमा २१ सय विद्यार्थी रहेको महेन्द्रनगर नमुना मावि(साधारण)मा अहिले ३७५ नयाँ विद्यार्थीले भर्नाका लागि प्रवेस परीक्षा दिएका छन । परीक्षा दिएका उक्त विद्यार्थी मध्ये उत्कृष्ठलाई छनौट गरेर भर्ना गरिने विद्यालयले जनाएको छ ।
महेन्द्रनगर नमुना मावि (साधारण स्कुल)का प्रद्यानाध्यापक ललित सिह साउदले आवश्यकता अनुरुप उत्कृष्ठ जेहेन्दार विद्यार्थी भर्नाका लागि प्रवेस परीक्षा लिने गरेको बताए । प्रअ साउदले विद्यालयको स्रोत साधन, जनशक्ति अनुरुप विद्यार्थी भर्ना गर्नका लागि प्रवेस परीक्षाका माध्यामबाट विद्यार्थी छनौट गरिरहेको बताए ।
चालु शैक्षिक सत्रमा समेत विद्यार्थी भर्नाका लागि विद्यालयले प्रवेस परीक्षा गराएको छ । नर्सरीदेखि कक्षा ९सम्म विद्यार्थी भर्नाका लागि विद्यालयले आइतबार प्रवेस परीक्षा गराएको हो ।
महेन्द्रनगर नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यार्थीको उच्च आकर्षण बढिरहेका बेला आवश्यक विद्यार्थी छनौट गर्नका लागि प्रवेस परीक्षा लिईएको बताए । अध्यक्ष विष्टले विद्यालयले शैक्षिक गुणस्तरबृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विद्यार्थीको आर्कषण बढिरहेको बताए ।
‘नयाँ विद्यार्थीका लागि भर्नाका लागि मात्रै प्रवेस परीक्षा लिएका छौँ, ‘अध्यक्ष विष्टले भने, ‘नियमितका लागि होईन, नयाँका लागि मात्रै हो ।’ प्राविधिक शिक्षा सहितको गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय प्रदेशकै उत्कृष्ठ स्थान चुम्न सफल भईरहेको अभिभावकको अनुभव छ ।
Discussion about this post