विज्ञापन

तारागाउँ बिकास समितिको अध्यक्षमा जोशी नियुक्त

57
VIEWS

काठमाडौँ,
नेपाली कांग्रेसका युवा नेता एवं शिक्षाविद् सुरेशराज जोशी तारागाउँ बिकास समितिको अध्यक्षमा नियुक्त भएका छन।

नवनियुक्त जाेशी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका बासिन्दा हुन।

जोशी नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार बिहिवार  संस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेकाे समितिको अध्यक्षमा नियुक्त भएका हुन।

उनि नेपाली कांग्रेस डडेल्धुराको ७ औं जिल्ला अधिवेसनबाट महाधिवेसन प्रतिनिधि हुदैं महासमिति सदस्य समेत रहेका छन । 

जाेशी लामाे समयदेखि शिक्षा, स्वास्थ्य, संचार एवं पर्यटनकाे क्षेत्रमा काम गर्दै आएका छन् । उनि डडेल्धुरामा रहेकाे  पहिलाे सामुदायिक रेडियाे सुदूर आवाजकाे संस्थापक अध्यक्ष समेत हुन् । डडेल्धुरामा रहेकाे माउन्टेन कलेजकाे प्रमुख समेत रहिसकेका जाेशीकाे शिक्षाकाे क्षेत्रमा विशेष याेगदान रहदै आएकाे छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार