शान्ति आधारभूत विद्यालयद्वारा भवन निर्माण गर्न बजेट

39
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको एक सामुदायिक विद्यालयले स्थानीय सरकारसंग भवन निर्माणका लागि बजेट माग गरेको छ । भीमदत्त नगरपालिका १४ बनकट्टीमा रहेको शान्ति आधारभूत विद्यालयले भवन निर्माणका लागि बजेट माग गरेको हो ।

बिहीबार शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्टले भीमदत्त नगरका उपप्रमुख निलम लेखकलाई माग पत्र बुझाउँदै विद्यालय भवन निर्माणका लागि बजेट माग अघि सारेका छन ।

प्रअ विष्टले विद्यालयमा भवन मर्मत र टिनसेटका लागि बजेट अपरिहार्य रहेको भन्दै चालु बर्षमै बजेट दिन माग अघि सारेका हुन । उक्त विद्यालयमा ७० प्रतिशत भन्दा बढि दलित जनजाती समुदायका विद्यार्थी भएकाले समयमै मर्मत नभए जोखिम भएकाले बजेट माग अघि सारेका छन ।

यस अघि उपप्रमुख लेखक र भीनपा १४का वडाध्यक्ष भोजराज जोशीले विद्यालयको स्थलगत अनुगमन गर्दै अधुरो भवन निर्माणका लागि सिफारिस समेत गरेका छन । उपप्रमुख निलक लेखक र प्रमुख पदम बोगटीले भवन निर्माणका लागि प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार