देखतभूलीको चन्टुकुण्डा ताल अतिक्रमणको चपेटामा परेको भन्दै संरक्षणको माग

कञ्चनपुर,
कञ्चनपुरको देखतभूलीमा रहेको एक प्राकृतिक ताल संरक्षणका लागि स्थानीयले माग अघि सारेका छन ।

 

कृष्णपुर नगरपालिका ३देखतभूलीमा रहेको चन्टुकुण्डा ताल सरक्षणका लागि स्थानीयले माग अघि सारेका हुन ।
केही राजनीतिक दल, जनप्रतिनिधीकै आडमा उक्त ताल अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीयले ताल संरक्षणका लागि वडा र पालिकासंग माग अघि सारेका छन ।

स्थानीयले उक्त प्राकृतिक ताल आफुलाई शिर्ष नेता भन्ने समुहले टेक्टर र लगानी गरेर ताल व्यक्तिको नाममा हाल्न लगाउने र पछि आफ्नो बनाउने प्रपञ्च बारे वडाध्यक्ष खेमराज चौधरी र नगरपालिका प्रमुख हेमराज ओझाको ध्यानाकर्षण गराएका छन ।

स्थानीयले वास्तविक रुपमा कुनैपनि नागरिक सुकुमबासी बन्नु हुँदैन, त्यसका लागि राज्यले जमिनको प्रबन्ध गर्नुपर्ने र आफ्नो भन्दै सोझा नागरिकलाई अघि सारेर ताल हत्याउने कामप्रति समयमै सचेत हुन कर्मचारी र जनप्रतिनिधीलाई स्थानीयले सचेत हुन आब्हान गरेका छन ।

अहिले मुलुकमा जसरी नक्कली शरणार्थी बनाएर अबौँ अशुल्ने धन्दामा बिचौलिया, कर्मचारी र राजनीतिक शिर्ष नेतृत्व नै संलग्न भएको घटनालाई स्मरण गराउँदै ताल संरक्षणप्रति स्थानीय सरकार जिम्मेबार हुनुपर्नेमा जोडदिएका छन ।

कृष्णपुर नगरपालिका ३का वडाध्यक्ष खेमराज चौधरीले उक्त तालसंगै रहेको जमिन एक स्थानीय राम बहादुर रानाको भएको बारे सर्वदलिय बैठकले निर्णय गरेको बताए । ‘हामी सार्वजनिक जमिन कसैलाई दिदैनौँ, ‘उनले भने, ‘कसैको सार्वजनिक जमिन पनि सार्वजनिक हो भनि लिने कुरा हुँदैन ।’

उक्त जमिन प्रकरणमा स्थानीयले पालिका सरकारले वेवास्ता गरेर प्रदेश र संघीय सरकार धाउने चेतावनी दिदै, कसैको प्रभाव, राजनीतिक दवावमा प्रकृतिमाथि खेलवार्ड गर्न नहुने तर्क अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित