बेलाैरीमा प्रहरीद्वारा मान्छे सहित अबैध बोइलर कुखुरा बरामद

बेलाैरी,
बेलाैरीमा प्रहरीद्वारा मान्छे सहित अबैध बोइलर कुखुरा बरामद गरिएको छ ।

भारतबाट नेपाल भित्र्याउन लागेका प्रतिबन्धित बोइलर कुखुरासहित दुई जना लाई पक्राउ गरेको छ। शनिबार राती इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेलौरी नगरपालिका–६ भुराकोटबाट दुई वटा मोटरसाइकलमा लोड गरी भारतबाट नेपाल ल्याइरहेको करिब २ क्विन्टल २० किलो भन्दा बढी बोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको छ ।

से ५ प ८००१ नम्बरको मोसा र से ३ प ६३२५ नम्बरको मोटरसाइकलमा नेपाल भित्र्याइएको बोइलर कुखुरासहित बेलौरी नगरपालिका–७ बरैया बस्ने ४० वर्षीय किसन राना र वडा नं.–४ रिछाह बस्ने ४३ वर्षीय जवाहर रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

बरामद गरिएका ५० हजार मुल्य भन्दा बढीका कुखुरालाई पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको छ।  बरामद गरिएको मोटरसाइकललाई त्रिनगर भन्सार कार्यालय चलान गरिने जनाइएको छ ।

प्रतिबन्ध लगाइएका बोइलर कुखुरा तस्करले लुकाइछिपाई नेपाल भित्र्याउने क्रम बढेपछि प्रहरीले कडाइ गर्न थालेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित