बेलडाँडी ईलाका प्रहरी कार्यालयद्धारा पुर्व प्रहरीहरुसंग छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

133
VIEWS

बेलडाँडी,
बेलडाँडी ईलाका प्रहरी कार्यालयद्धारा सोमवार पुर्व प्रहरीहरुसंग छलफल, अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

 

बेलडाँडी ईलाका प्रहरी कार्यालयको परिसरमा शान्ती सुरक्षाका विषयलाई प्रभावकारी बनाउन पुर्व प्रहरी कर्मचारीहरुसंग छलफल गरिएको बेलडाँडी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पुर्व प्रहरी कर्मचारीहरुसंग छलफल तथा अन्तक्रिय कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रमा पुर्व प्रहरी कर्मचारीहरु बिच अनुभवको आदान प्रदान तथा राय सुझाव लिईएको थियो ।

बेलडाँडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुस्कर पन्तका अनुसार पुर्व प्रहरी कर्मचारीबाट समाजमा शान्ती सुरक्षा, अपराध नियन्त्रण,खबर संकलनमा सहयोग हुने आशाका साथ यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

 

उहाँका अनुसार आगानी दिनहरुमा प्रहरी कार्यमा पुर्व प्रहरी कर्मचारीहरुको राय सुझाव लिई शान्ती सुरक्षालाई अगाडी बढाइने बताउनु भयो । बेलडाँडीमा पुर्व प्रहरी कर्मचारी ४०/४५ जना रहेको र २२ जना अहिले कमिटिमा रहेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार