कञ्चनपुर,
नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको भीमदत्त नगरपालिका शिक्षा शाखामा तालाबन्दी गरेको छ ।
बिहीबार एक कार्यक्रमका विच विप्लव क्रान्तिकारीले भीमदत्त नगर शिक्षा शाखामा तालाबन्दी गरेको हो । नगर क्षेत्रमा रहेका बोडिङ्ग र सामुदायिक विद्यालयले अभिभावकबाट शुल्क अशुल्नेदेखि शैक्षिक बेतिथि मच्चाउँदा समेत पालिकाले वेवास्ता गरेको भन्दै तालाबन्दी गरेको जनाएको छ ।
अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रकास जप्रेलले संविधानमा गरिएको व्यवस्था अनुरुप निःशुल्क, अनिवार्य शिक्षा हुनुपर्ने सामुदायिक विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिइरहेको र निजी संस्थागत विद्यालयले पनि चर्को शुल्क अशुलिरहेको भन्दै तालबन्दी गरेको बताए ।
कानुन र नियम विपरीत गएर सामुदायिक विद्यालयहरुले गरीब घर परिवारका छोरा छोरी शिक्षाबाट वञ्चित हुने स्थिति भएका कारण शिक्षा निःशुल्क र सर्वसुलभ हुने पर्ने उनले बताए ।
अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज ललित एसकेले संगठनले पटक पटक नगर शिक्षा समिति छलफल गरी खारेजीको माग गर्दा पनि शुल्क लिन नरोकेको बाध्य भएर तालाबन्दी गरेको बताए ।
बोडिङ्ग स्कुलले १० प्रतिशत शुल्कको मापदण्ड लागू गर्नुपर्ने बताए । भीमदत्त नगरपालिका शिक्षा शाखाले शुल्क बृद्धि नगर्न र नलिन पटक पटक सम्बन्धीतनिकायमा पत्राचार गरिसकेको जनाएको छ ।
Discussion about this post