सरकारको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुँदै

17
VIEWS

काठमाडौं :

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुँदैछ । संघीय संसदको दुवै सदन प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

 

भारतमा उपचार गराएर फर्किएका पौडेलको अझै स्वास्थ्य अवस्था पूर्ण ठीक नभइसकेकाले नीति तथा कार्यक्रम वाचन गर्न सुरू पछि प्रधानमन्त्री प्रचण्डले पढ्ने तयारी थियो । तर, स्वास्थ्यमा सुधार आएकाले पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको सचिवालयले जानकी दीइएको छ ।

संयुक्त बैठक आज अपरान्ह ४ बजे बोलाइएको छ ।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार