भगवान सरी अटो चालक कुँवरले भेटाएको गहाना सहित ४ लाख बराबरको धनमाल पिडित पक्षलाई बुझाए

384
VIEWS

महेन्द्रनगर,
पछिल्लो समय नेपालमा अधिकांश मानिसहरुमा इमान्दारिता घट्दो क्रममा रहेका बेला महेन्द्रनगरका अटो चालक तथा मझगाउँ सिर्जना ग्याँसका सञ्चालक अमर बहादुर कुँवरले आफ्नो अटोमा सुनका गहाना सहित भेटाएको धनमालको झोला प्रहरी मार्फत पिडित पक्षलाई इमान्दारिता पुर्वक बुझाएका छन् ।

शुक्रवार कुँवरको अटोमा सवार गरेकी बेदकोट नगरपालिका दैजी बस्ने आइषा दमाईले गहाना सहितको थैली अटोमै छुटेकाले तुरुन्तै प्रहरीमा निवेदन गरको थिए । आटो चालक कुँवरले भोली पल्ट विहान आटो धुने क्रममा थैली फेला पारे र घर नजिकैको मझगाउँ प्रहरी बिटलाई गहानाको थैली बारे जानकारी गराए । प्रहरी बिटका इन्चार्ज धन बहादुर पाली त्यहाँ पुगे र उनले जिल्ला प्रहरी कार्यालयमा हराएको समान खोजिदिने बारे निवेदन परेको जानकारी कुँवरलाई गराए । अटो चालक कुँवर र मझगाउँ प्रहरी बिट इन्र्चाज पाली जिल्ला प्रहरी कार्यालय समान सहित पुगे त्यति बेला सम्म प्रहरीले निवेदनकर्ता आइषा दमाईलाई त्यहाँ बोलाइ सकेका थिए ।

प्रहरीले आइषा दमाईको समान हो हैन भन्ने प्रमाणि गर्यो र पिडित उनलाई हस्तान्त्रण गरायो । उनले आफुलाई हस्तान्त्रण गरेको आफ्नो समान फेला परेपछि गहभरी आशु निकाल्दै भगवान सरी अटो चालक कुँवर र वफादार प्रहरी हवल्दार पाली लगायत जिल्ला प्रहरी कार्यालयललाई धन्यवाद दिए ।

इमान्दारिता गुमेको समयमा यस्तो इमान्दारिताले चालक र प्रहरीको स्थानीयले प्रशंसा गर्न थालेका छन् । सबै नागरिकले इमान र इमान्दारिता कायम गर्ने हो भने हाम्रो समाज कता तिर जान्थ्यो होला भन्दै स्थानीय आश्र्चय भएका छन् ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार