बोका काण्ड लुकाउन हुदैछ अनेकौ खेल, किन समेटनन् सचेत युवा भन्नेहरुले निवेदनमा बोका काण्ड ?

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा सरकारी गाडी दुुरुपयोगको बिषयलाई लिएर विवाद चुलिएको छ ।

 

उठेको विषय बस्तुलाई एक तिर पन्छ्याउदै आफुलाई सचेत युवा हौं खवरदारी गछौं भन्नेहरुले गाउँपालिकालाई बुझाएको निवेदनमा बोका काण्ड बास्तविक के हो कुनै माग गरिएको छैन् ।

जुन विषय बस्तु हो त्यो मुख्य प्राथामिकताका साथ आउनु पर्ने विषयलाई छुटाएर आफुलाई सचेत युवाको संज्ञा दिने केहि युवाले बोका काण्ड ढाकछोप गर्न घटनालाई माेडेको स्थानीयले आसंका गरेका छन् । स्थानीयहरुका अनुसार युवाहरुले उठाएको माग जायज भएका तर घटना के बाट शुरु भएको हो त्यो लाई किन लुकाउन खोजियो भन्ने विषयमा सबैको चासो बनेको छ ।

गत बर्ष नेकपा माओवादी केन्द्रबाट नेपाली कांग्रेस प्रवेश गरेका सचेत युवा चेत बहादुर शाह लगायतले गाउँपालिकालाई मागेको सूचनामा मुख्य बिषयनै छुटाए पछि स्थानीयहरुमा झिन संका उत्पन्न भएको छ । बोका काण्ड लुकाउनका लागि यस्तो परिपन्च गरिएको धेरैको आसंका छ ।

सरकारी गाडी प्रयोग गर्दैन भनेर मासिक गाडीको सेवा सुविधा बराबर रकम बुझदै आएकी बेलडाँडी गाउँपालिका उपप्रमुख शान्ती नाथले बोका पछाडी हालेर व्याक्तिगत काममा हुइकिरहेको अवस्थामा भीमदत्तका सचेत नागरिक र साझा आवाजको छड्के टोलीले सयुक्त रुपमा महेन्द्रनगरमा फेला पारेको समाचार माध्यमबाट समाचार आएपछि तरंग मचिएको थियो ।

उक्त घटनालाई ढाकछोप गर्न पालिका उपाध्यक्षले कैलालीबाट पत्रकार बोलाएर आफ्नो भण्यास पोखेकी थिइन । भण्यास पोख्ने क्रममा उल्टा आफ्नै बढी पोल खुल्ने भएपछि भण्डार नामक युटुव च्यानलको भण्यास भिडियो डिलिट गरिएको छ ।

सचेत युवा टोलीले मुख्य कुरालाई छोडेर अन्य विषमा खोजनिति गर्न थालेपछि उनीहरु माथी समेत संका गरिन थालेको छ । गाडी प्रयोग गर्दैन भनेर मासिक यातायात खर्च बुझ्ने पालिका उपप्रमुखले महिनाको पटक-पटक फ्युल,धेरै पटक अध्यक्षकै भागमा परेको गाडी माग्दै प्रयोग, प्रयोग मात्र होइन दुरुपायोग समेत गरेको प्रमाण फेला पर्दा समेत सचेत युवाको नाममा घटनालाई लुकाउन खोजिएको आरोप लागेको छ ।

कामै नलाग्ने मिडिया, नामै नसुनेका मिडियामा भएको खर्चको विषय उठ्नु ठिक हो, उपाध्यक्षले आफुलाई तेल माग्न आउनेलाई १०/१० लिटर तेल दिएको अडियो सार्वजनिक हुदा समेत किन सचेत युवाले त्यस विषयमा कुरा उठाएनन् ? किन ती विषयको स्पष्टिकरण मागेनन् ।

गाउँपालिकामा निर्माणाधीन १५ सैयाको अस्पताल बन्दा पालिकाको डोजर माथी पालिका भित्रकै जिम्मेवार व्याक्तिको उस्काहटले ढुङ्गा प्रहार गरि जेसीभीमा पुर्याएको क्षतिको विषमा किन बोल्दैन सचेत युवा भन्दै स्थानीयहरूले अनेकाैं टिकाटिप्पणी गर्न थालेका छन् ?

केहि बर्ष अघि बेलडाँडी गाउँपालिकाकै प्राङगणमा टेण्डर अराजक युवाहरुले कब्जा गर्दा किन बोलेनन सचेत युवा ? ठेकेदारले खुल्याम अराजक समुहलाई पैसा बाड्दा कहाँ थिए ती सचेत युवा भन्दै कुरा उठ्न थालेको छ । सफा नियत भए किन बास्तविकतालाई छोडेर विषय बस्तु तोडमोड गर्न खोजका होला भन्दै आलोचित बन्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित