भ्रममा नपर्न पालिकाको अनुरोध

339
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले सुचना, विज्ञापन, जनचेतनामुलक सन्देश प्रकासित गरे बाफत बजेट दुरुपयोग नभएको जनाएको छ ।

केहीदिनदेखि समाजिक सञ्जालमा विभिन्न व्यक्ति पक्षबाट बेलडाँडी, कञ्चनपुर जिल्ला र प्रदेशमा नामै नसुनिएका प्रकासित नहुने संचार माध्यमलाई बजेट दिएको बारे टिकाटिप्पणी गरेपछि गाँउपालिकाले सुचना, विज्ञापन, जनचेतनामुलक सन्देश प्रकासित गरे बाफत बजेट दुरुपयोग नभएको जनाएको हो ।

बिहीबार बेलडाँडी गाँउपालिका कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै चालु आर्थिक बर्ष ०७९/०८०मा ‘पत्रपत्रिका छपाई तथा सुचना प्रकासन खर्च’ शिर्षकमा विनियोजित बजेट खर्चको विषयमा समाजिक सञ्जाल मार्फत व्यक्त गरिएका चासोप्रति कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयको लागि अत्यावश्यक भएका विषयमा जस्तै, खरिद सम्बन्धि ठेक्का पट्टाका सूचनाहरू तथा कार्यालयलाई समय समयमा विभिन्न विषयमा आवश्यक भएका अन्य विज्ञापन तथा सूचनाका साथै आवश्यकता अनुसार नागरिक सचेतनाका लागि प्रकाशन, प्रसारण गर्नु पर्ने जानकारीमुलक सूचना सन्देश प्रवाह गर्ने कार्यका लागि उक्त बजेट खर्च भएको जनाएको छ ।

‘सामाजिक सञ्जालहरूमा टिका(टिप्पणी भए जस्तो बजेटको दुरूपयोग भएको अवस्था नभएको व्यहोरा जानकारी गराउन चाहन्छौ, ‘विज्ञप्तीमा भनिएको छ, ‘चालु आर्थिक बर्षमा यस गाउँपालिकामा २३ वटा निर्माण सम्बन्धि ठेक्काहरू सञ्चालनमा आएका छन ।’

८ वटा कर्मचारी करार भर्ना सम्बन्धि कामका साथै विभिन्न विषयगत शाखाहरूको काम कारवाही जनाउँदै सबै कामको लागि स्थानीय देखी राष्ट्रिय पत्रपत्रिकामा सूचना विज्ञापन प्रकाशन गर्नुपर्ने जनाउँदै यि र यस्तै कामको लागि बजेट बिनियोजन गरिएको हुन्छ ।

विनियोजित बजेट तोकिएको काम खर्च भएको छ । प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा यस सम्बन्धमा यस कार्यालयबाट उक्त शीर्षकमा भएको खर्चको विस्तृत विवरण छिटै सार्वजिनक जनाउँदै अतः यस विषयमा हल्लाको पछि नलाग्न र भ्रममा नपर्न हुन समेत अनुरोध गरिएको छ ।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार