स्वतन्त्र विद्यार्थी युनियन रौलेश्वरद्धारा विभिन्न माग राख्दै पालिकालाई ज्ञापन

बेलडाँडी,
स्वतन्त्र विद्यार्थी युनियन रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीद्धारा विभिन्न माग गर्दै पालिकालाई ज्ञापन बुझाएका छन् ।

 

विहिवार क्याम्पस युनियनले गाउँपालिका प्रमुख हरिशचन्द्र रानालाई क्याम्पसकै शैक्षिक, भौतिक, आर्थिक तथा समसामयिक समस्यालाई समाधन गरिदिन ८ बुदे माग पत्र पेश गर्दै समाधान गरिदिन आग्रह गरेको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस स्ववियु सभापति दिलेन्द्र प्रसाद बडुले जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार विद्यार्थी आन्दोलनको साझा संगठन स्वतन्त्र विद्यार्थी युनियनको गौरबशाली इतिहास र त्यहाँको निरन्त्रतामा रौलेश्वर आर्दश जनता बहुमुखी क्याम्पसमा गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तथा स्व.वि.यु.को कार्य समिति सम्पुर्ण विद्यार्थीको हकहित र अधिकार स्थापना गर्न साथै शैक्षिक वातावरणलाई मर्यादित र विद्यार्थी मैत्री वातावरण क्रियाशिल रहेको कुरा अवगत गराउदै यस क्याम्पसकै शैक्षिक, भौतिक, आर्थिक तथा समसामयिक समस्यालाई समाधन गरिदिन आग्रह गरेको जनाए ।

स्व.वि.यु.को कार्यालयमा फर्निचरका लागि ५० हजार, शैक्षिक अलोकन भ्रमणका लागि १ लाख, सरस्वती मन्दिर निर्माण ५ लाख, पंखा जडान गर्न ५० हजार,बोटविरुवा तथा पार्क निर्माण गर्न १ लाख, स्टेज निर्माण गर्न १ लाख, अन्य क्रियाकलापको लागि ५० हजार र सुद्ध खानेपानीको माग गर्दै ८ बुदे माग पत्र पेश गरिएको छ ।

ज्ञापन पत्र बुझदै पालिका अध्यक्ष हरिशचन्द्र रानाले विद्यार्थीको हकहितका लागि पालिका बाट हुनसक्ने सहयोगका गर्ने जनाए । बेलडाँडी पालिकाकै एक मात्र क्याम्पसलाई व्यवस्थित र मर्यादित बनाउन पालिकाले चाल्नु पर्ने कदम चाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित