बेलडाँडीको चवन्नीमा लगातार तीन पटक ज्वाला राना भलमन्सामा चयन

165
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नम्बर – २ चवन्नी रानाथारु गाउँको भलमन्सामा लगातार तीन पटक ज्वाला राना चयन भएका छन् ।

 

विहिवार भएको सो गाउँको भेलाबाट रानालाई भलमन्सा चयन गरिएको हो।

निर्वाचित जनप्रतिनिधिको भूमिका रहने गरे पनि गाउँटोलको हकमा भने बढी भूमिका भलमन्साको हुने गरेको थारू अगुवा बताउँछन्।गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुली बत्तीको व्यवस्था गर्ने,गाउँघरमा आइपर्ने दुःखसुखमा सामूहिक सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता (भलमन्सा) ले गर्ने गर्दछन् ।

थारू समुदायको परम्परागत चलन संस्कृति तथा परम्परागत वस्तुहरुको संरक्षण जस्ता कामलाई बचाइराख्न बडघरको ठूलो भूमिका हुने गरेको पत्रकार पहिलाद रानाले बताए ।

उहाँका अनुसार भलमन्सा गाउँको नेतृत्व गर्ने व्यक्ति हुन् । भलमन्साले गाउँमा विकास निर्माणको कार्यदेखि लिएर भोजभतेरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सामान्य झैझगडा, विवाद मिलाउने जस्ता काम गर्ने गर्दछन् ।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार