बेलडाँडीका विभिन्न ठाउँमा आखा शिविर संचालन हुदै, आँखा रोगीलाई पायक पर्नेठाउँमा जाँच गराउन पालिकाको अनुरोध

123
VIEWS

बेलडाँडी,

बेलडाँडी गाउँपालिकाको विभिन्न ठाउँमा आउदो १७ गते बुधवार देखि आँखा शिविर सञ्चालन हुने भएको छ ।

 

च्यारिटि हेल्थ फाउण्डेसन नेपालको सहयोग तथा धनगढी नेत्रालयको आयोजना र यस गाउँपालिकाको समन्वयमा पालिका भित्रका विभिन्न वडाहरुमा आँखा शिवर संचालन हुने पालिकाले जनाएको छ ।

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले हस्ताक्षर गरेको एक सूचनामा वडा नं.१ को आधारभूत स्वास्थ्य केन्द्रको भवनमा आउदो बुधवार १७ गते, वडा नं.२ को बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा विहिवार १८ गते, वडा नं.३ को सिद्धनाथ मा.वि. चौफेरीमा शुक्रवार १९ गते र वडा नं.४ को सरस्वती जनता मा.वि. बैवाहमा सनिवार २० गते आँखा शिविर संचालन गरिने जनाइएको छ ।

आँखाका विरामीले पायक पर्ने ठाउँमा गएर आँखा चेकजाँच गराउन बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले आग्रह गरेका छन् । आँखामा समस्या देखिन थालेकाहरुलाई र यहाँका बृद्धबृद्धाहरुलाई सजिलोका लागि यस्तो शिविर पायक पर्ने ठाउँमा संचालन गर्न लागेको वहाँले जनाउनु भयो ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार