बेलडाँडी २ मा अाइतवार देखि नाप नक्सा हुने

बेलडाँडी,
राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित र भुमिहिन सुकुम्बासिलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि बेलडाँडी गाउँपालिका वडा नं.-२ को क्षेत्र भित्रको ऐलानी प्रति जग्गाको नाप नक्सा अाइतवार १४ गते देखि शुरू हुने भएको छ ।

 

वडाको गौडी क्याम्प टोलबाट नाप नक्सा गरिने वडाध्यक्ष नारद सिंह उर्यालले जानकारी गराउनु भयो । उहाँका अनुसार अाइतवार देखि सुरु हुने भएकाले सम्बन्धित व्यक्तिहरुले नाप नक्सा हुदाको समयमा आ-आफ्नो नागरिकताको प्रमाण पत्रको प्रतिलिपि निवेदन दर्ताको निस्सा लिई उपस्थित भई आफुले आवाद कमोत गरेको जग्गाको साँध सिमाना नापि टोलि लाई देखाई नापि गराउनु अाग्रह गर्नु भयो ।

 

नापी हुने विषयमा अरु जानकारि चाहिएमा यस वडा कार्यालयमा वा सम्बन्धित टोली मुकाममा गई बुझ्न सकिने अध्यक्ष उर्यालले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित