काम गरेको रकम भुक्तानी गर्न कञ्चनपुरका निर्माण व्यवसायीको माग

40
VIEWS

कञ्चनपुर,
कञ्चनपुरका निर्माण व्यवसायीले पालिका सहितका प्रदेश र संघीय सरकार मातहतका कार्यालयबाट ठेक्का भएका योजनाको काम सम्पन्न भईसक्दा पनि भुक्तानी नपाएको बताएका छन ।

काम सम्पन्न गरेरपनि भुक्तानी नपाएको भन्दै कञ्चनपुरका निर्माण व्यवसायीले आफ्नो पीडा व्यक्त गरेका छन । आर्थिक संकटबाट गुज्रिरहेका निर्माण व्यवसायीले आफ्नो समस्यामा सरकार गम्भिर नभएको पीडा पोखेका छन ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले भेलामा निर्माण व्यवसायीले भुक्तानी नपाएकोदेखि सरकारले सार्वजनिक ऐनको १२औँ संशोधन गरेपनि म्याद थप नगरेको गम्भिर दुखेसो पोखेको बताए ।

‘निर्माण व्यवसायीका थुप्रै पीडा छन, ‘अध्यक्ष भट्टले भने, ‘काम गर्दा समेत भुक्तानी नपाउने समस्याबाट हामी गुज्रिरहेका छौँ ।’ पूर्वाधार विकास कार्यालयको मात्रै पनि ५०करोड भन्दा बढि निर्माण व्यसायीको भुक्तानी लिन बाँकी छ । पालिका मध्ये भीमदत्त नगरपालिकाले विभिन्न निर्माण व्यवसायीको १५करोड बढि भुक्तानी गर्न बाँकी छ ।

‘हामीले काम सम्पन्न गरेको योजनाको मात्रै सम्बन्धीत कार्यालयका भुक्तानीका लागि फाईल पेश गर्दा समेत बषौँसम्म पनि भुक्तानी दिएका छैनन, ‘अध्यक्ष भट्टले भने, ‘चारैतिर बैंकको चर्को ब्याजदर, निर्माण समाग्री खरिद गरेका व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी नैछ, तर काम सकेर पनि भुक्तानी दिदैनन ।’

निर्माण व्यवसायी संघका उपाध्यक्ष देव बहादुर चन्दले काम गरेपनि भुक्तानी नपाएका कार्यालयमा भुक्तानीका लागि पत्राचारदेखि पालिका सरकारले अनाधिकृत रुपमा वितरण गर्ने लाईसेन्स वितरणमा कडाई गर्नुपर्ने बताए ।

कञ्चनपुरका सरकारी कार्यालयले बजेट अभाव भएकै कारण काम सम्पन्न भएका योजनाको सम्बन्धीत निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकिएको जनाएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार