नविस जमिन घोटालाकाण्ड ः अनसनकारी बिरामी

36
VIEWS

कञ्चनपुर,
महेन्द्रनगर नगर विकासको जमिन घोटाला काण्ड बिरुद्धमा अनसनमा रहेका क्रान्तिकारी कञ्चनपुरका नेता बिरामी परेका छन ।

 

सातादेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदनचोकमा अनसनमा रहेका क्रान्तिकारी नेताहरु दिपेन्द्र सिह ऐरी, जय बहादुर रोकाया र निरज विकको स्वास्थ्यमा समस्या उत्पन्न भएको छ ।

भोकभोकै, जेठ महिनाको आँधीहुरी, पानीकै विचमा पनि निरन्तर अनसनमा बसेपछि उनीहरुको स्वास्थ्यमा समस्या आएको क्रान्तिकारी पार्टी कञ्चनपुरका नेता हरिस दयालले बताए ।

उनका अनुसार शनिबार स्वास्थ्यमा ठुलो समस्या आएपछि दिपेन्द्र सिह ऐरी र निरज विकलाई थप उपचारका लागि मन्त्र अस्पतालमा ल्याईएको छ । उनीहरुको त्यहाँ उपचार भईरहेको छ ।

भने अर्का नेता जय ब. रोकाया मात्रै अनसनमा बसेका छन, उनको समेत स्वास्थ्य अवस्था बिग्रीदै गएको छ ।
‘भ्रष्टाचार बिरुद्धको हाम्रो पार्टीले आन्दोलन शुरु गरेको पाँच दिन भईसक्यो,‘उनले भने, ‘तीनै जना नेताको स्वास्थ्यमा दैनिक समस्या आईरहेको छ, सरकारलाई वास्ता नै छैन ।’

बेथिति बिरुद्धको आन्दोलनमा सरकारी साथ सर्मथन हुनुको साटो स्वास्थ्य खराब हुँदा समेत सरकार रमिता हेरिहरेको छ ।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले अनसन अनसन स्थल पुगेर उनीहरुको स्वास्थ्य अवस्था बुझेका थिए । प्रजिअ अर्यालले अनसनकारीले अघि सारेका मागदेखि स्वास्थ्य अवस्था बुझेर अनसनरत पक्ष र सरकारसंग सहजिकरण गरिने बताएका थिए ।

भ्रष्टाचार अनियमितता बिरुद्धको क्रान्तिकारी पार्टीले सृजनात्मक आन्दोलनमा साथ सर्मथन बढिरहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार