बेलडाँडी २ का जनताका लागि खुसीको खवर : नाप जाँच कार्य शुरु

451
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.२ का जनातालाई जग्गाको मालिक बनाउन नाप नक्सा शुरु भएको छ ।

 

बेलडाँडी गाउँपालिका वडा नं.२ का भुमीहीन दलित, सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम आज आइतवार देखि नाप जाँच शुरू भएको छ ।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले बेलडाँडी वडा न २ र ५ को सीमाना भुर्षा गौडी देखि नाप जाँचको कार्य उदघाटन गर्दै नक्साको काम शुरू गरेको जनाए । अध्यक्षका अनुसार जनतालाई जमिनको मालिक बनाउन पालिकाले सम्बन्धित पक्षहरु संग छलफल तिब्र पारेको जनाए ।

निकुञ्जले पछिल्लो समयमा राजपत्रमा भुर्षा स्कुलको नहर पारीको जमिन निकुञ्जको नक्सामा देखाएकाले त्यो समस्या समाधानका लागि सम्वन्धित पक्ष संग बसेर सरकारलाई समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

बेलडाँडी वडा नं.२ मा भुमीहीन दलित ७६, भुमीहिन सुकुम्बासी ५९ र अब्यबस्थित बसोबासी १३ सय ८१ रहेको सेवा केन्द्र एकाइ प्रमुख हेमराज रेग्मीले जानकारी गराउन भयो । वहाँका अनुसार नाप जाँचमा सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै स्थानीय अगुवाहरुले सहयोग गर्नु पर्ने बताए ।

बेलडाँडीका स्थानीय मदन राज भट्टका अनुसार वडा नं.२ मा निकुञ्ज संग र दोधारका सट्टा भर्ना समेत रहेकाले विभिन्न समस्या र चुनौती अन्य वडा भन्दा यहाँ बढी देखिएकाले सबै पक्षबाट नाप जाँचमा सहयोग गर्नुपर्ने बताए ।

उहाँका अनुसार गौडी क्षेत्र निकुञ्ज संग जोडिएकाले निकुञ्जको समस्या तुरुन्त समाधान गरी यहाँका स्थानीयलाई जग्गाको मालिक बनाउन पहिलो प्राथामिकता दिनु पर्ने बताए ।

 

भुमीहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको गौडीबाट शुभारम्भ गरेका हुन । उदघाटन कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय वासिन्दा लगायतको सहभागिता रहेको थियो । बर्षाैं पछि जमिनको मालिक बन्ने भएपछि स्थानीय हर्षित भएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार