बेलडाँडी तरूणदलका सभापतिद्वारा काँग्रेस परित्याग गरेको घोषणा

बेलडाँडी,
नेपाली काँग्रेस निकट नेपाल तरूण दल बेलडाँडी गाउँपालिका सभापति एवं युवा नेता प्रकाश धामीले काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

 

अाज आइतबार तरूण दल बेलडाँडी सभापति धामीले पदबाट राजिनामा गर्दै नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र बसेकाे जानाएका छन् ।

उनले सामाजिक सञ्जालमा अाजका मिति सम्म सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै पार्टीबाट बाहिरिएका छन् ।

धामी २०५८ साल देखि तरूण दलमा आबद्व भएर विभिन्न पदमा बसि सक्नु भएका युवा नेता हुन । राजनिति संगै स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएका उनी सबैसंग उत्तिकै प्रिय  छन्। अव  स्वतन्त्र नागरिक भएर बस्ने बताए ।

पछिल्लो समय बेलडाँडी गाउपालिकामा काँग्रेस परित्याग गरि स्वतन्त्र हुनेकाे संख्यामा बृद्वी भएको छ । यसरी पार्टी धमाधम छोड्नेको संख्या वृद्धि हुदा समेत सम्बन्धित निकाय माैन रहदा क्षेत्रीय पार्टीको अालोचना व्यापक हुनथालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित