गणतन्त्र दिवस : कञ्चन सामुदायिक विकास केन्द्रद्धारा बेलडँडीमा दिप प्रज्वलन

188
VIEWS

बेलडाँडी,
१६ औँ गणतन्त्र दिवसको अवसरमा समुदायमा आधारित कार्य सञ्जाल कञ्चन सामुदायिक विकास केन्द्रले बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा दिप प्रज्वलन गरेको छ ।

वीर सहिदहरुको योगदानलाई सम्मान गर्दै विकास केन्द्रले गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन गरि दिवस मनाएको हो ।

चवन्नी बजार माथिल्लो चोकमा नेपालको नयाँ नक्सा बनाई मैनबत्ती बालेर गणतन्त्र दिवस उत्साहको साथ मनाएका थिए । बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधी सहितको उपस्थितिमा दिप प्रवजन गरि कार्यक्रमको शुभारम्भ गरिएको कञ्चन सामुदायिक विकास केन्द्रका सामाजिक परिचालक गिता राना क्षेत्रीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार नेपाली जनताको त्याग तपश्या र बलिदानीले ल्याएको गणतन्त्रको रक्षा गर्नु हामी सबैको दायित्व रहेको बताए । देशमा गणतन्त्र ल्याउन राजनितिक दल र आम जनसमुदायको उल्लेख्य भूमिका थियो र अझै पनि यसलाई गोडमेल, संरक्षण र फलाउन फुलाउन सबै अग्रगामी एजेन्डा बोकेर हिँड्ने राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघसंस्था, कर्मचारी, राष्ट्रप्रेमी जनता र मिडिया क्षेत्रको अहम् भूमिका हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नं.२ का अध्यक्ष नारद सिंह उर्यालले गणतन्त्रको रक्षा गर्नु हामी सबैको दायित्व रहेको बताए । युवा साथीहरूले गणतन्त्रको रक्षाका निम्ति गरेको यस कार्यक्रमले सबैको अाँखा खोलेको बताए ।

यस्तै कञ्चन सामुदायिक विकास केन्द्रका सचिव मनोज नेपाली भने देशमा यत्रो परिवर्तन ल्याउन नेपाली जनताले गरेको त्यग बलिदानको सबै पक्षबाट सम्मान गरिनु पर्नेमा जोड दिए ।

बेलडाँडी गाउँपालिका वडा नं.२ का अध्यक्ष नारद सिंह उर्यालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा युवा, विद्यार्थी, स्थानीय, शिक्षक संस्था कर्मचारी लगायतकाहरुको उपस्थिती रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार