बेलडाँडीमा स्थानीय विदाको अवज्ञा गर्दै ग्रिनबेल्टको संस्थागत विद्यालय

541
VIEWS

बेलडाँडी,

स्थानीय सरकार बेलडाँडीले आज मंगलवार गंगा दशहरा पर्वको अवसर पारेर दिएको स्थानीय विदालाई अवज्ञा गर्दै ग्रिनबेल्डमा रहेको मोडेल चाइल्ट केयर माध्यमिक विद्यालय संचालनमा रहेको छ ।

मंगलवार आज पालिकाभर स्थानीय सार्वजनिक विदा भएको विज्ञप्ती जारी हुदा समेत पालिकाको निर्णयलाई वास्ता नगरी यस संस्थागत विद्यालयले त्यसको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेको छ ।

 

बेलडाँडी गाउँपालिका भित्रका सामुदायिक विद्यालय र प्याब्सन, एनप्याब्सनमा आबद्ध विद्यालयले पालिकाले गरेको निर्णय मान्दै विदा आज गरेका छन् भने बेलडाँडी गाउँपालिकाले गरेको निर्णय यस विद्यालयले कहिले नमान्ने गरेको पाइन्छ । गत बैशाख २४ गते समेत गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको निधन प्रति पालिकाले गरेको शोक विदाको समेत यस विद्यालयले अवज्ञा गरेको थियो ।

यस विद्यालयमा कार्यरत विना शिक्षण अनुमति पत्र भएका शिक्षक शिक्षिकाका आफ्न्तको निधन हुदा शोक विदा दिने विद्यालयले पालिकाको निर्णयको बारम्वार अवज्ञा गर्दै आएको स्थानीयको भनाइ छ ।

प्याब्सन निकट ग्यालेक्सीका प्रिन्सपल बेदप्रकाश जोशीले पालिकाले जारी गरेको स्थानीय विदा अनुसार विद्यालय विदा दिएका छन् । एनप्याब्सन बेलडाँडी युनिटका अध्यक्ष गोरख चन्दले आफुले संचालनमा ल्याएको विद्यालय आज एक दिनका लागि बन्द भएको फेसबुक मार्फत जानकारी गराएका छन, भने सोही संगठन मातहत मोडेल चाइन्डले आफ्नै निति नियम लागु गर्दै पालिकाको निर्णयको ठाडो अवज्ञा गरेको पाइन्छ ।

मोडेल चाइन्डका संस्थापक गौरसिह साउदले आफुहरुलाई स्थानीय विदाका बारेमा ढिलो जानकारी गभएको बताए । ढिलो जानकारी भएकाले विदा दिन नसकिएको जनाउनु भयो । उहाँका अनुसार पालिकाले समयमै सूचना नगरिदिदा यो समस्या निम्तिएको जनाए ।

बेलडाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीका अनुसार स्थानीय विदा भए पछि सबै विदा हुनुपर्ने हो के कति कारणले विदा नहुने गरेको छ त्यस बारे बुझ्ने बताउनु भयो ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले यस क्षेत्रका सबै पालिकाले स्थानीय विदा दिएकाले र हिन्दुहरुको महान पर्व गंगा दशहराको अवसरमा विदा दिइएको जनाउदै कतिले फ्लो गरे गरेनन् त्यो विषयमा बुझ्ने बताउनु भयो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार