लागु औषध सहित दुइ जना भारतीय पक्राउ

116
VIEWS

बेलडाँडी,

बेलाैरीमा  लागु औषध सहित दुइ जना भारतीय पक्राउ परेका छन्।

बेलौरी नगरपालिका वडा नं. १० सडकघाटबाट लागु औषध सहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभितका सोनु सिंह र सुकदेव सिंह रहेको जनाईएको छ ।

सीमा क्षेत्रबाट भारतिय मोटरसाईकलमा सवार उनीहरुले १०.३६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन । आरआइटी, इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाको प्रहरी समूहले पक्राउ गरेका थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार