प्रकाश भट्ट/कञ्चनपुर,
वेदकोट नगरपालिकामा दलित लक्षित सात दिने मालापोते तालिम सुरु भएको छ।
पेलितालेस्वर एकता समाज दैजीको आयोजनामा दलित लक्षित सात दिने मालापोते तालिम सुरु भएको हो।
वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता, पेलितालेस्वर एकता समाज दैजीका अध्यक्ष यज्ञ सार्कीको सभापतित्व तथा नगर उपप्रमुख तुलसी जोशीको विशिष्ट आतिथ्यमा दलित लक्षित सात दिने मालापोते तालिमको उद्घाटन गरिएको हो।
तालिममा वेदकोट नगरपालिका वडा नम्बर ३ का १५ जना महिलाहरूको सहभागिता रहने पेलितालेस्वर एकता समाज दैजीका अध्यक्ष यज्ञ सार्कीले बताउनुभयो।
उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोहन गुर्धामी, वडा सदस्य दयाराम राना, पेलितालेस्वर एकता समाज दैजीका सदस्य गजेन्द्र नेपाली लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वेदकोटका नगर प्रमुख भोजराज बोहराले सीपमुलक तथा स्वरोजगार मूलक तालिमको आयोजना गरेकोमा पेलितालेस्वर एकता समाज दैजीलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।
Discussion about this post