खप्तड-शैलेश्वरी देउडा प्रतियोगिताको प्रथम पुरस्कार बेलडाँडीका अमिन पदम जोशी रेग्मीलाई

172
VIEWS

बेलडाँडी,
खप्तड आयोजित खुला देउडा प्रतियोगिताको प्रथम पुरस्कार बेलडाँडी गाउँपालिकाका अमिन पदम राज जोशी रेग्मीले हात पारेका छन् ।

सुदूरपश्चिमको सुन्दरता प्राकृतिक एवं खप्तड क्षेत्रको पर्यटकीय विकासलाई धार्मिक, सांस्कृतिक तथा खेलकुदको माध्यमबाट टेवा पुर्याउने उद्देश्यले सुदूर पश्चिम क्षेत्रमा विशेष पर्वको रूपमा मनाइने “गंगा दशहरा” मेलाको अवसरमा देउडा गीत प्रतियोगितामा रेग्मीले प्रथम स्थान हासिल गरेको अायोजकले जनाएको छ ।

उनलाई नगद १ लाख पुरस्कार सहित  सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएएको थियो । १६ जना प्रतिशप्रधी मध्ये बेलडाँडी गाउँपालिकाका अमिन रेग्मी जोशी प्रथम भएका थिए भने दितिय पाउसरा थापा र तृतीय बालकेस थापा भएका थिए ।

प्रथम विजेता रेग्मीले खुसी व्यक्त गर्दै आयोजक  मुल्यांकनकर्ताहरु लाई धेरै-धेरै धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रममा सहभागी गराउनु होला भन्दै अाभार प्रकट गरेका थिए ।

सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद कैलाली र डोटी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाली सेनाको भैरव प्रसाद गणले प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी लिएको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार