महेन्द्रनगर,
सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका समाचार प्रमुख पत्रकार सुजित रमेश सिनाल सम्मानित भएका छन् ।
कञ्चनपुर उधोग वाणिज्य संघले आफनो ३२ औँ वार्षिक साधारण सभामा कञ्चनपुर आर्थिक पत्रकारिताबाट सिनाललाई नगद धनराशीसहित सम्मानित गरेको हो ।
जिल्लाको सामाजिक आर्थिक विकाससँगै आर्थिक गतिबिधीको प्रचार प्रसार तथा प्रवद्धन गर्न पत्रकारिता तथा सञ्चार माध्यम मार्फत उल्लेख्य भुमिका निर्वाह गरे वाफत यो सम्मान पत्रकार सिनाललाई गरिएको कार्यक्रमका सभापती एवम कञ्चनपुर उधोग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बताए ।
साथै आगामी दिनहरुमा पनि विगतको झै सामाजिक आर्थिक विकाससँगै आर्थिक गतिबिधीको विषयमा शसक्त भएर कलम चलाउन उनले आग्रह गरे, साथै उनले पत्रकार सिनालको भविश्यमा उत्तरोत्तर प्रगतीको कामना पनि गरे । सिनालले पत्रकारिता २०६३ सालदेखी सुरुवात गरेका हुन् ।
२०६५ देखी २०७० सम्म डडेल्धुराको सामुदायिक रेडियो अमरगढीमा समाचार प्रमुख र हिलटाईम्स दैनिक पत्रिकामा २०७० देखी २०७२ सम्म अतिथी सम्पादकको रुपमा काम गरेका थिए ।
यस्तै २०७२ देखी २०७८ सम्म कञ्चनपुरमा रहेको रेडियो महाकालीमा समाचार प्रमुखको जिम्मेवारीमा रहेर कार्य गरेका थिए भने, कञ्चनपुरबाट प्रकाशन हुने मानसखण्ड दैनिक पत्रिकामा पनि काम गरेका छन् ।
अहिले सिनाल कञ्चनपुरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एपएम र बाह्रसिंगा एफएममा समाचार प्रमुख र शुक्लाफाँटा क्षेत्रिय दैनिक पत्रिकामा अतिथी सम्पादकको रुपमा कार्यरत रहेका छन् ।
Discussion about this post