युवा संघ र अनेरास्ववियुद्वारा नागरिक विधेयक बिरुद्ध महेन्द्रनगरमा  राँके जुलुस

कञ्चनपुर,
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणित गरेसंगै त्यसको संसददेखि सडकसम्म बिरोध भईरहेको छ ।

विवादित नागरिकता विधेयक भन्दै संसददेखि सडकसम्म संसद, राजनीतिक दल, तिनका भातृ संघ संगठनहरुले बिरोध गरिरहेका छन ।

यसैविच बिहीबार साँझ महेन्द्रनगरमा समेत नागरिकता विधेयक बिरुद्धमा बिरोध प्रर्दशन भएको छ । एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले नागरिक विधेयक प्रमाणित करणदेखि टीकापुर हत्याकाण्डका तीन अदालतबाट जेल सजाय पाएका रेशम चौधरीलाई रिहाईदेखिका मुद्दा अघि सारिएका छन ।

राष्ट्रिय युवा संघ केन्द्रीय लेखा आयोग सचिव समेत रहेका कञ्चनपुरका एमाले युवा नेता प्रविन बोगटीले विदेशीलाई नागरिकता बेच्ने गरेर वर्तमान सरकारले नागरिकता विधेयक ल्याएको भन्दै त्यसको बिरोध र भत्र्सना गरिएको बताए ।

तीनै अदालतबाट जघन्य हत्यामा संलग्न भएका व्यक्ति रेशम चौधरीलाई सत्ता सौदाबाजीले आम माफि दिनुले फेरी दण्डहिनता मौलाउने बताए । नागरिकता विधेयक फिर्ता नलिए फेरी युवा सघले शसक्त आन्दोलन गर्ने नेता बोगटीले चेतावनी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित