नागरिक उन्मुक्ति पाटीका संरक्षक रेशम चौधरीलाई ठाउँठाउँमा स्वागत

बेलडाँडी,
राज्य पुनर्संरचनामा कैलाली र कञ्चनपुरलाई थारू बहुल रहेको लुम्बिनी प्रदेशमा राख्नुपर्ने मागसहित चर्किएको थरुहट आन्दोलनले ७ भदौ २०७२ मा हिंसात्मक रूप लिँदा टीकापुर घटना भएको थियो ।

 

सो घटनामा आन्दोलनकारीको आक्रमणबाट नेपाल प्रहरीका एसएसपीसहित आठ सुरक्षाकर्मी र अज्ञात पक्षको गोलीबाट डेढ वर्षीय बालकको ज्यान गएको थियो ।

आन्दोलनको अगुवाइ गरेकै कारण हिंसाको मुख्य दोषीका रूपमा रेशम चौधरीलगायतका थारु अगुवाहरुलाई अदालतले दोषी ठहर गरेपछि जेल जिवन विताईरहेका नागरिक उन्मुक्ति पाटीका संरक्षक रेशम चौधरीलाई राष्ट्रपतिद्वारा अाममाफी दिए पछि रिहा भएका उनलाई ठाउँठाउँमा स्वागत गरिएको छ ।

हिजो बिहिवार कञ्चनपुर बेलौरीको कलकत्ता लगायत विभिन्न ठाउँमा स्वागत गरिएको थियो । बिहीबार नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई कलकत्ता हाट बजारको मैदानमा एक भब्य समारोहका बिच स्वागत गरेका थिए ।

नागरिक उन्मुक्ति पाटीका जिल्ला अध्यक्ष नन्द कुमार रानाले जेलबाट छुटेपछि पार्टीले र अाम शुभचिन्तकहरूले स्वागत एव भेटघाट गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित