एमाले नेताको कार्यविभाजन : सातै उपाध्यक्षलाई ३२ विभागको जिम्मेवारी

काठमाडौँ,

नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी जिम्मेवारी दिएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

कार्यविभाजनमा जिम्मेवारी पाएका नेताहरुले साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने लगायतका काम तोकिएको छ ।

‘साझा नीति बनाउने, सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने काम गर्नुहुनेछ’, ज्ञवालीले भने, ‘त्यसअन्तर्गत योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई, पूर्वाधार र विकास सुरेन्द्र पाण्डे, कृषि उद्यमशीलता रामबहादुर थापालाई, सामाजिक विकाससम्बन्धी काममा अष्टलक्ष्मी शाक्य, मानवस्रोत युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाह, सुवास नेम्वाङ, प्रशासन विष्णु पौडेल र बागमतीमा केन्द्रीय कार्यालयले नै गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित