रैथाने बाली उत्पादनमा जुट्यो बझाङको ‘मष्टा गाउँपालीका

5
VIEWS

बझाङ:

बझाङको मष्ठा गाउँपालिकाले रैथाने अन्न बालीको उत्पादन बढाउने नीति ल्याएको छ। गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा रैथाने बालीको उत्पादन तथा बिक्रीवितरण गरेर घरघरमा रोजगारी बढाउने लक्ष्य राखेको हो। पालिकामा नवप्रवर्तन साझेदारी कोष अन्तर्गत सञ्चालित परियोजनाबाट रैथाले अन्न बालीको उत्पादन, उपभोग र बजारीकरणको योजना कार्यान्वयन भइरहेको गाउँपलिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए का छन ।

 

‘गाउँपालिकाले रैथाने अन्न बालीको उत्पादन र उपभोग र बजारीकरण बढाउने नीति ल्याएको छ,’ उनले भने, ‘गाउँपालिकालाई रैथाने अन्न बालीको उत्पादन, उपभोग र बिक्रीवितरणको केन्द्र बनाउन रैथाने बालीको उत्पादन बढाउने योजना बनाइएको हो गाउँपालिकाले पहाडी भेगमा पाईने अन्न कोदो, फापर, जौ, लट्टे अर्थात् बेथे, कागुनो, सिमी र चिनो जस्ता रैथाने बालीको उत्पादन र उपभोग बढाउने लक्ष्य लिएको छ।

 

जसका लागि प्रदेश सरकारसँग साझेदारी गर्दै नवप्रवर्तन साझेदारी कोष अन्तर्गत रैथाने बालीको उत्पादन, उपभोग र बजारीकरणको विकास गर्न परियोजना नै सञ्चालन गरिएको हो । मष्टा गाउँपालिकामा रैथाले बालीको खेती विस्तार गर्दै उत्पादन र उपभोग बढाउन यो वर्ष नवप्रवर्तन साझेदारी कोषको १ करोड ५० लाख र गाउँपालिकाको ५० लाखसहित २ करोड लागतमा कृषि यान्त्रिकारण, उत्पादनमा जोड र क्षेत्र विस्तारका कार्यक्रम गरिने गाउँपालिकाका कृषि अधिकृत प्रभाकर जोशीले
जानकारी दीएका छन ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार