बेलडाँडी वडा नं १ मा समेत जग्गा नापजाँच कार्य शुरू

319
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.१ मा समेत जग्गा नापजाँच कार्य शुरु भएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.१ का भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी बनाउन नाप नक्साको काम आज आइतवार देखि शुरू गरिएको पालिकाले जनाएको छ ।

 

वडा नं. १ का अध्यक्ष तथा बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टका अनुसार भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि गाँउपालिकाले जग्गा नापजाँचलाई तिब्रता दिएको बताए ।

वहाँका अनुसार बेलडाँडी वडा नं.१ मा भुमीहीन दलित २९, भुमीहिन सुकुम्बासी २१ र अब्यबस्थित बसोबासी ६ सय २६ गरि हाल सम्म जम्मा ६७६ ईन्ट्री भएको जनाए ।
नापजाँच कार्यलार्ई दुरुस्त गतिमा अघिबढाउन जनशक्ति थप गरिएको समेत जनाए ।

वडा नं. ५ मा नापजाँचको काम अन्तिम चरणमा रहेको, वडा नं २ र ३ मा नापजाँच कार्य जारी रहेको पालिका अध्यक्ष हरिश्चन्द्र रानाले जानकारी गराउनु भयो ।
प्रमुख रानाले अाज १ मा समेत नापजाँच कार्य उदघाटन गर्दै अाम जनतालाई जमिनको मालिक भनाउने अभियानलाई तिब्रता दिएको बताए ।

उदघाटन कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय वासिन्दा लगायतको सहभागिता रहेको थियो । बर्षाैं पछि जमिनको मालिक बन्ने भएपछि स्थानीय हर्षित भएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार