बेलडाँडी एमालेले माग्यो पालिकालाई विभिन्न विषयमा जवाफ

बेलडाँडी,
नेकपा एमाले बेलडाँडीले बेलडाँडी गाउँपालिका विभिन्न विषयमा जवाफ मागेको छ ।

 

आइतवार बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानालाई नेकपा एमाले बेलडाँडी गाउँ कमिटिले ज्ञापन पत्र बुझाउदै विभिन्न विषयमा जानकारी मागेका छन् ।

 

नेकपा एमालेका युवा नेता अभिमान थापा, अक्कल बहादुर बिष्टकाको नेतृत्वमा गएको टोलीले सूचना माग गर्दै सुझाव समेत दिएको नेता बिष्टले बताए । बिष्टका अनुसार पालिकाले जनउत्तरदायी भएर काम गर्नु पर्ने बताए ।

 

बेलडाँडी गाउँपालिकाले विभिन्न विषयमा ज्यादती गरेको भन्ने सुन्नमा आएकोले सूचना मागेको बेलडाँडी गाउँकमिटि अध्यक्ष लक्ष्मण भाटले जनाकारी गराउनु भयो । अध्यक्ष भाटले हस्ताक्षर गरेको पत्रमा यस्ता मागहरु उल्लेख गरेका छन् ।

राष्ट्रिय भूमि आयोग को काम के कसरी अगाडी बढिरहेको छ ?, ७२ विगाहाका सम्बन्धमा पालिकाको धारणा के हो ?, १० महिनामा पत्रकारलाई दिइएको भनिएको २० लाख के कसरी खर्च भयो ?, १ वर्षमा जनप्रतिनिधीले के कती दैनिक भ्रमण भत्ता लिए ?, बैजनाथ विद्यालय बाट उपाध्यक्षका नाममा काटिएको भनिएको ३ लाखको चेकको कुरा के हो ?,

चौधर नदिमा बनेको काठेपुलको लागत कति हो ?, जनप्रतिनिधी र कर्मचारीले इन्धनमा के कति खर्च भईरहेको छ ?, झिलमिला सामुदायिक बनको नापनक्सा कसरी भैराछ ?, ४ करोडको आरसीसी सड़कको काम किन सुचारु भएन ?, छाडा चौपायाको व्यवस्थापन कसरी भैराछ ?,

अध्यक्ष, उपाध्यक्षका पीए÷ भान्छेको नियुक्तीका सम्बन्धमा के हो ?, गौशालाको व्यवस्थापन कति खर्च भयो प्रगति के छ ?, खाली रहेको एचए पदमा अहेब खोलिनुको कारण के हो ?, खेलमैदानको प्रगति के भैराछ ?, आरक्षपिडीतको व्यवस्थापनको काम कारवाही कहाँ सम्म पुग्यो ?,

जेसीभी तोडफोड सम्बन्धमा के समाधान भयो ?, कर्मचारी कोठा भाडा र फ्यूल दोहोरो के हो ? चवन्नी बजारको ड्रेन अव्यवस्थीत बनाई अलपत्र किन हो ?, जामुनधारी ड्रेन १ करोड ८० लाखको काम किन अगाडी बढेन ?, ३० युनिट बिजुली फ्री कार्यका लगायतको कार्यान्वयन कहाँ सम्म पुग्यो ?,

हाल सम्म कति रकम आर्थीक सहयोगमा वितरण गरियो त्यसको मापदण्ड के ?, बजेट विनियोजन गर्दा जनसंख्या र भुगोललाई आधार मानि किन भएन लगायतका जानकारी एमाले बेलडाँडीले मागेको छ ।

पालिका अध्यक्ष हरिशचन्द्र रानाले सार्वजनिक सूचना दिदै आएको र यसको पछि छिट्टै जवाफ सहितको सूचना उपलब्ध राउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित