कञ्चनपुर,
सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित भएका छन । आइतबारदेखि कञ्चनपुर सहित देशैभरीका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित भएका हुन ।
आगामी आर्थिक बर्ष २०८०/०८१को बजेटमा सामुदायिक विद्यालयका कर्मचारीको सेवा सुविधा नल्याएको भन्दै विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका छन । नेपाल विद्यालय कर्मचारी परिष्द राष्ट्रिय समिति बरिष्ठ उपाध्यक्ष लक्ष्मण दत्त भट्टले राज्यबाट उपेक्षित गरिएका विद्यालय कर्मचारी, बालविकासका शिक्षकको हित विपरित बजेट आएको भन्दै आन्दोलित भएको बताए ।
उनका अनुसार संघीय सरकारले संसदा पेश गरेको नीति तथा कार्यक्तम बुँदा १२७मा सामुदायिक विद्यालयमा कायरत कर्मचारीको सेवा सुविधा र व्यवस्थापनका विषय उल्लेख भएपनि बजेट मार्फत सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित भएको बताए । बरिष्ठ उपाध्यक्ष भट्टका अनुसार शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुर सहितका ७७वटै शिक्षा कार्यालयमा धर्ना दिईएको छ ।
२६जेठसम्म शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिईनेछ । २६जेठदेखि ३१जेठसम्म काठमाण्डौँ केन्द्रीत भद्रकालीमा धर्ना दिने उक्त अवधीसम्म समेत माग सम्बोधन नभए २ असारदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन । विद्यालय कर्मचारीको आन्दोलनमा कञ्चनपुरका शिक्षक संघ संगठनले समेत साथसर्मथन ऐक्यबद्धता जाहेर गरेका छन ।
Discussion about this post