बेलडाँडीका रोकाया बने अनेरास्ववियु सुप प्रदेशको सह-संयोजक

169
VIEWS

कञ्चनपुर,
बेलडाँडीबासी तथा अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकाया सुप प्रदेशको सह संयोजक बनेका  छन् ।

अनेरास्ववियु केन्द्रीय समितिले रोकायालाई सुप प्रदेशको सहयोजकको जिम्मेबारी दिएको हो । दुई दशकदेखि विद्यार्थी राजनीतिमा सकृय रहेका रोकाया विद्यालय इकाईदेखि विभिन्न जिम्मेबार बहान गर्दै हाल कञ्चनपुर अध्यक्ष र सुप प्रदेश सह संयोजकको जिम्मेबारीमा छन ।

अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष तथा सुप प्रदेश सह संयोजक कमल रोकायाले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता उदघोष गरेका छन ।

उहाँका अनुसार “अनेरास्ववियु मेरो राजनीतिक जीवन र सामाजिक जिवनका लागि एउटा पाठशाला बन्यो जहाँ मैले धेरै कुरा सिक्ने र सिकाउने अवसर पाए। संगठनले मलाइ जिम्मेवारी दिदा होस वा नदिदा पनि मेरो संगठन प्रती कुनै गुनासो रहदैन तर गुनासो रहन्छ त केवल संगठनलाई गलत ढंगले प्रयोग गर्ने ब्यक्तिहरुसंग ।”

आज मलाइ संगठनले सु प प्रदेश को सह-संयोजकको जिम्मेवारी दिएको छ। म निर्वाध र निर्भीक भएर जिम्मेवारी बहन गर्ने छु। मेरा आदरणीय शुभचिन्तक ज्यु हरुले मलाइ थप हौसला प्रदान गर्न, थप जिम्मेवारी बन्न विभिन्न माध्यमबाट शुभकामना दिइराख्नु भएको छ। सम्पुर्ण शुभचिन्तक ज्युहरु र जिम्मेवारी दिने केन्द्रीय कमिटीलाई धन्यवाद दिएका छन् ।

यस्तै अनेरास्ववियुले सुप प्रदेश इन्चार्जमा दिपक धामी,सह इन्चार्जमा राजेन्द्र बोहरा, रोहित बम, पर्वत चौधरी, संयोजक मनोज राई, सह संयोजक नरेश खडका, सचिव ईन्द्र बोहरा, कञ्चनपुर इन्चार्ज किशोर शाह, सह इन्चार्ज कल्पना तिम्लिसिना, प्रमोद खडका रहेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार