बेलौरीमा समेत सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित

बेलाैरी,
कञ्चनपुरको बेलौरीमा समेत सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

 

सरकारले विद्यालयका कर्मचारीको सेवा सुविधा लगायतका विषयमा माग संम्वोधन नगरेको भन्दै मंगलबार बेलौरी नगरपालिकको कार्यालय अगाडी नेपाल बिद्यालय कर्मचारी परिषद बेलौरी नगर कार्यसमिति पनि आन्दोलनमा उत्रिएको छ ।

 

सरकारले नीति तथा कार्यक्रममा पेश गरेको १२७ नंं बुँदा गायव भएको भन्दै विरोध जनाउँदै धर्ना दिएका हुन् । यसअघि सामुदायिक विद्यालयका कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्ने उल्लेख गरिएपनि बजेटमा माग सम्वोधन नहुँदा आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यालय कर्मचारी परिषद बेलौरी नगर कार्यसमितीका अध्यक्ष मोहन चन्दले जानकारी गराउनु भयो ।

 

उहाँले विद्यालयका कर्मचारीको माग सम्वोधन नभएमा कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिनुभयो । शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालय कञ्चनपुरमा पनि विभिन्न विद्यालयका कर्मचारी धर्ना कार्यक्रममा उपस्थित भएको उहाँले बताउनु भएको छ ।परिषदको निर्णय र निर्देशन अनुसार नै आईतबार देखि २६ गते एक साता सम्म विरोध स्वरुप धर्ना दिने जनाउनु भयो ।

परिषदले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राख्दै आन्दोलित थिए । गतवर्ष पनि उनीहरुले विभिन्न चरणमा आन्दोलन गरेका थिए ।

शिक्षा मन्त्रालय र अर्थमन्त्रालयले एक अर्कालाई देखाएर आफूहरुलाई छक्याइरहेकोले अब सहमतिले मात्रै नमान्ने अडान लिएर आन्दोलनरत रहेका छन् ।

देशभर विभिन्न तहका सामुदायिक विद्यालय विद्यालयहरुमा सेवारत करिब ४० हजार विद्यालय कर्मचारी रहेको परिषदको भनाइ छ । तर, शिक्षा मानवस्रोत विकास केन्द्रबाट भने ३६ हजार ६ सय कर्मचारीको नाममा अनुदान जाने गरेको जनाएको छ ।

केन्द्रबाट जाने अनुदान भन्दा बढी हुनुको कारण कतिपय ठूला विद्यालयहरुले आन्तरिक स्रोतबाट थप कर्मचारीहरु राखेको कारण करिब ४० हजार रहेको परिषदको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित