शिवनगर नहरमा आज देखि पानी संचालन

418
VIEWS

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्थित गौडीमा भत्केको नरह मर्मत कार्य सम्पन्न भई आज देखि नहरमा पानी संचालन गरिएको छ ।

 

गत सनिवार राती पानीको बहाव बढी भइ बेलडाँडी गाउँपालिका वडा नं.२ गौडी शिवनगर जाने मुल नहर भत्केको थियो । नरह भत्कीदा इमालीया, झिलमिला, बैवाह, भुडा, शिवनगर लगायतका किसानहरु मर्कामा परेका थिए ।

 

किसानको समस्यालाई मध्यनजर गर्दै महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रिय समिति र द्धितिय चरण क्षेत्रीय समितिले दुरुत गतिमा मर्मत कार्य गर्दा आज ४ दिन पछि नहर सञ्चालनमा ल्याउन सफल भएका छन् । केन्द्रिय समितिका अध्यक्ष भीम बहादुर थापा क्षेत्रीय समितिका अध्यक्ष गोपाल कुँवरले किसानका पक्षमा गम्भीर भइदिदा समस्या छिट्टै समाधान भएको हो ।

केन्द्रिय अध्यक्ष थापाले आफ्नो फेसबुकामा नरह संचालनमा आएको फोटो हाल्दै आम त्यस क्षेत्रका किसानलाई जानकारी गराएका छन् । नहरमा पानीको बहाव बढे पछि नहरले पानी धान्न नसक्दा नहर भत्केको थियो । समयमै पानी किसानको खेतमा पुर्यान समिति सफल भएको भन्दै त्यस क्षेत्रका किसान हर्षित हुँदै धन्यवाद ज्ञापन गरेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार