बेदकोटका दलित महिलालाई आत्मनिर्भर बनाउन मालापोते तालिम

17
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका दलित महिलालाई आत्मनिर्भर बनाउनका लागि मालापोते तालिम दिईएको छ ।

 

बेदकोट नगरपालिका ३ नम्बर वडाले दलित समुदायका महिलालाई आत्मनिर्भर बनाउनका लागि मालापोते तालिम दिईएको हो । पेलीतालेश्वर एकता समाजले बेदकोट नगरपालिका ३ को आर्थिक सहयोगमा सात दिने तालिम दिईएको छ ।

बेदकोट नगरपालिका ३ का वडाध्यक्ष मोहन र्गुधामीले वडा क्षेत्रमा रहेका विपन्न दलित समुदायका महिलालाई आत्मनिर्भर बनाउनका लागि तालिम लिईएको बताए ।

 

उनका अनुसार उक्त तालिममा वडा क्षेत्रकै दलित समुदायका विपन्न महिला सहभागि भएका थिए । तालिमको मुख्य प्रशिक्षकमा डिजायनर ज्योती केसी(तिवारी) रहेकी थिईन । उनले नै तालिम दिएकी थिईन । तालिमको एक कार्यक्रमका विच बुधबार समापन गरिएको छ ।

 

समापन कार्यक्रलमकी प्रमुख अतिथि समेत रहेकी बेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयनमा जोडदिए ।

तालिममा सहभागिलाई प्रमाण पत्र समेत दिईएको छ । तालिम लिएका प्रशिक्षार्थीले मालापोतेबाट निर्माण भएका समाग्री समेत प्रर्दशन गरिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार