अाज देखि कञ्चनपुरमा दादुरा रुवेलाको खोप अभियान संचालन हुदै

25
VIEWS

कञ्चनपुर,

कञ्चनपुरमा दादुरा रुवेलाको खोप अभियान अाज देखि संचालन हुने भएको छ ।

६ महिनादेखि १५ वर्ष उमेरमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप दिइने भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । बुधवार दादुरा रुवेला खोप अभियान २०७९/८० सरोकारवालाहरुसंग गरिएको अन्तरक्रिया  कार्यक्रममा जिल्लामा रहेका १ लाख १४ हजार ६ सय २३ जना वालवलिकाहरुलाई खोप दिईने भएको हो ।

६ महिनादेखि १५ वर्ष उमेरमुनिका बालबालिकालाई जेष्ठ २५ गतेदेखी ३२ गतेसम्म स्वास्थ्य संस्था, विद्यालय, लगायतका क्षेत्रमा दादुरा–रुबेला खोप दिइने वरिष्ठ स्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी गराउनु भयो ।

यो खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीय पनि प्रमाणित गरिसकेको अवस्थामा आफ्ना सम्पूर्ण वालवालिकाहरुलाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाईदिन उनले आग्रह गरेका छन् ।

सरकारले लिएको रणनिती अनुसार सन २०२६ सम्ममा दादुरा रुवेला लाई निवारण गर्ने लक्ष्यलाई पुरा गर्न यो अभियान संचालनमा आएको हो । यो रोग सर्ने खतरनाक भएकाले १ जना विरामीले १८ जनालाई सार्न सक्ने हुदा समुदायमा यो रोग देखा पर्ना साथ अन्य वालवालिकाहरु पनी बढी जोखिममा पर्ने भएकाले सबैले यो खोप लगाउनु महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले बताए ।

यो रोग सबै उमेर समुहलाई लाग्न सक्ने भएपनि वालवालिकाहरुलाई बढी असर गर्ने यसको चपेटामा पर्ने जोखिम बढी रहेको भएर आफना वालवालिकाहरुलाई यो खोप लगाउन उनले आग्रह गरे ।

अहिले कञ्चनपुरमा ३३ जनामा यो रोग देखा परेको पनि उनले जानकारी दिए । कञ्चनपुरमा ५ सय ७२ वटा खोप केन्द्रबाट खोप दिईने भएको छ । साथै ३ सय ५३ जना खोप सेवा दिनका लागी स्वास्थ्यकर्मीहरु रहने भएका छन् । अहिले जिल्लामा १२ हजार ३५ भाईल खोप आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमका तीन जिल्ला कञ्चनपुर, कैलाली र वाजुरामा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जोखिममा रहेका जिल्लामा खोप दिन लागेको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।

दादुरा रोगमा छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ । पहिला जति पटक दादुरा रुबेला खोप लगाएको भए पनि यस अभियानमा अनिवार्य एक मात्रा खोप लगाउन र अकालमै मृत्यु हुनबाट जोगिन स्वास्थ्य कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार