धनगढी:
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउदले समाजको विकासमा युवाहरुको भुमिका महत्वपूर्ण रहने बताएका छन । प्रदेश युवा परिषदले बिहीवार धनगढीमा आयोजना गरेको सामाजिक विकास मन्त्रीसँग युवाहरुको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा को जानकारी गरायका हुन ।
कार्यक्रममा सहभागी भयका युवाहरुले गरेका सवालको जफाव दिंदै मन्त्री साउदले समाजको सकारात्मक विकासका लागि आफु सधैं युवासँगै रहने प्रतिबद्धता समेत जनाएका छन । युवाहरुको शिक्षा, स्वास्थ्य, खेलकूद, रोजगारीलगायतका बिभन्न सबालको जफाव दिंदै मन्त्री साउदले आफुमा पनि केही गरेर देखाउने हुट्हुटी रहेकाले हाम्रो स्रोत र साधनले भ्याएसम्म युवाहरुका यी समस्या समाधानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका हुन ।
कर्णलीमा पुल बनेपछि मात्रै काठमाडौंसँग सुदूरपश्चिम भौगोलिक हिसावले नजिक भएको स्मरण गर्दै उनले अब संघीयताले विकासको ढोका खोल्नुपर्ने बताए । तराई पहाड र हिमाल मिलेको सुदूरपश्चिम प्रदेश अभावमा अब नरहेर र सम्भावनाको खोजी गरेर जनतालाई खुशी बनाउने बताए।प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, स्वरोजगार, युवा शसक्तिकरण, खेलकुद, हाम्रो भाषा संस्कृतिको संरक्षणलगायतका विषय सम्बोधन गरेकाले
सोहीअनुसार बजेटको तयारीमा रहेको उनको भनाइ रहेको छ ।सबै क्षेत्रको सहभागिताबिना सदियौंदेखि पछाडि पारिएको सुदूरपश्चिमको समृद्धि सम्भव नहुने मन्त्री साउदको भनाइ छ । युवालगायत सबैको साथ–समन्वय आवश्यक रहेको बताय
Discussion about this post