किशोर तामाङ/पुनर्वास,
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गाेपालप्रसाद अर्याल र अर्धाखाची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्याल द्बारा कञ्चनपुर जिल्लाको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा रहेको २ वटा स्थानको स्थलगत निरीक्षण एवं अनुगमन गर्नुभएको छ।
प्रमुख जिल्ला अधिकारी अर्याल संगै अनुगमनमा आउनुभएका जिल्ला प्रशासन कार्यालय अर्धाखाचीका प्रमुख जिल्ला अधिकारी मिना अर्याल कञ्चनपुर जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालका धर्म पत्नी हुनुहुन्छ।
संयोग यस्तो जुरेको छ कि ०५५ सालमा मीना र गोपालले एकै पटक लोकसेवाबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएका थिए। यी भाग्यमानी निजामती कर्मचारीका जोडी हुन्– गोपालप्रसाद अर्याल र मीना अर्याल ।
गोपालप्रसाद नेपाल सरकारका सहसचिव हुनुहुन्छ । हाल उनी ०७९ असार ३० गतेदेखि कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भूमिकामा हुनुहुन्छ ।
गृह प्रशासनले एकै पटक सहसचिव र उपसचिव तहका ७० कर्मचारीहरुको सरुवा गर्दा मीनालाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाए संगै श्रीमान श्रीमती नै सीडीओ बनेर प्रशासन हाक्ने अवसर पाएका हुन् गोपाल र मीनाको दाम्पति जोडीले।
एकै पटक श्रीमान श्रीमती नै सीडीओको रुपमा काम गरेर नयाँ रेकर्ड कायम गरेका अर्याल जोडी इतिहासका पन्नाहरूमा बिरलै रुपमा भेटिने जोडी मध्येका सौभाग्य प्राप्त जोडी हुनुहुन्छ।
कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको साथमा आउनु भएका अर्धाखाची जिल्ला का जिल्ला अधिकारी द्बारा पुनर्वास नगरपालिका वडा नं ९ स्थित सिमा स्तम्भ नम्बर १९४ र प्यारातालको निरिक्षण एवं अवलोकन गर्नुभएको छ।
जिल्ला अधिकारी अर्याल दम्पतीले पुनर्वास नगरपालिका वडा नं १ भकुण्डा स्थित राना थारु संग्राहलय अनुगमनका क्रममा सग्राहलय नजिकै रहेको कालेश्वर महादेव मन्दिरको पनि अवलोकन गर्नुभएको छ। कालेश्वर महादेवको मन्दिर अवलोकन गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी अर्याल दम्पतीले कालेश्वर महादेव को दर्शन भेट गर्नुभएको थियो।
कालेश्वर महादेवको मन्दिर अवलोकन पश्चात प्रमुख जिल्ला अधिकारी अर्यालले राना थारु संग्राहलयको अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा राना थारू जातिको सम्पूर्ण पौराणिक संस्कृति, रहनसहन, भेषभूषा, परम्परागत रीतिरिवाज झल्किने गरी थारू संग्रहालयको स्तर उन्नती गर्नुका साथै राना थारू जातिसँग सम्बन्धित सम्पूर्ण वस्तु तथा कला, संस्कृतिको जानकारी एकै ठाउँबाट लिन सकिने गरी संग्रहालयमा व्यवस्था गर्न नगर प्रमुख तोय प्रसाद शर्मा र राना थारु संग्राहलयका संयोजक बिश्राम रानालाई अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सुझाएका थिए।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले संग्रहालय निर्माण समितिका सग समन्वय गरी राना थारू संस्कृतिको अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि संग्रहालयलाई उपयुक्त थलो बनाउने गरी आगामी दिनहरूमा नगरपालिकाकले योजना तर्जुमा गर्दै अघि बढ्ने बताउनुभयो ।
यसैगरी राना थारु संग्राहलय समितिका अध्यक्ष बिश्राम रानाले राना थारु सग्राहलय अनुगमन गर्ने आगन्तुक र ‘अनुसन्धानकर्तालाई राना थारू जातिको संस्कार, संस्कृति, भेषभूषा, परम्पराबारे जानकारी लिन धेरै ठाउँ जानुनपर्ने गरी संग्रहालय स्थापना गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार संग समन्वय गरी उत्कृष्ट सग्राहलय निर्माण गर्न आफु प्रयासरत रहने बताए।
उक्त अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीको साथमा नगर प्रमुख तोय प्रसाद शर्मा, स्थानिय बुद्धिजीवी एवं सिमा विद् कुवेर नाथ, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश राज मल्ला र सञ्चारकर्मी हरूको सयुक्त टोली रहेको थियो।
Discussion about this post