बेलडाँडीमा भोलि देखि कांग्रेसको बार्षिक वडा सम्मेलन हुने

55
VIEWS

बेलडाँडी,
नेपाली कांग्रेस बेलडाँडी गाउँकार्य समितिले भोलि बुधवार देखि बार्षिक वडा सम्मेलन गर्ने भएको छ ।

 

गाउँकार्य समितिले अाज सम्मेलन वडागत तालिका सार्वजनिक गर्दै सम्मेलन बारे जानकारी गराएका हुन ।

आमन्त्रित सूचनामा यस्तो उल्लेख गरिएको छ नेपाली काँग्रेस बेलडाँडी क्रियासिल सबै भातृसंघ, सुभेच्छुक संघ संस्थाहरु, शुभचिन्तक सबैलाई नेपाली काँग्रेस बेलडाँडीको बार्षिक वडा सम्मेलन तपशिलको मिति, समय र स्थानमा आयोजना हुने भएकाले सम्बन्धि वडाका क्रियासिल भात्रसंघ, सुभेच्छुक संघ संस्थाहरु, शुभचिन्तकहरुमा उपस्थित भई पार्टि रुपान्तरणका लागि आवश्यक सुझाव सल्लाह र मार्ग निर्देश प्रदान गर्न हुन हार्दिक अनुरोध गरेको छ ।

 

बार्षिक वडा सम्मेलन कार्यतालिका यस्तो छ
वडा न १ मा २०८०/०२/३१ गते विहान ७:०० बजे सिद्धचोक नजिक,वडा न. २को ३१ गते साझ ४ बजे चवन्नी वजार पछाडी मन्दिर नजिक, वडा नं. ३ को असाढ १ गते दिउसो ४ बजे राधाकृणा आ.ब. नजिक, वडा नं.४ को ३२ गते बिहान ७ बजे हस्त बहादुर शाहीको घर जनिक र वडा नं ५ को ३२ गते साझ ४ बजे शिवालय नजिक ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार