सांसद भाटको पहलमा ८ बर्ष देखि अलपत्र ओदाल खोला पुल निर्माण कार्य शुरु

53
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको बंक–नायल–बुडर सडकखण्ड अन्तर्गत ओदाल खोलामा सम्झौता भएको ८ वर्ष देखि अलपत्र पुल निर्माणको काम प्रदेश सांसद ओम विक्रम भाट ‘सरल’ को पहलमा सुरु भएको छ ।

पुल निर्माणको जिम्मा पाएको थेगिम गाल्वा जेभी कैलालीले समयमै काम सम्पन्न नगर्दा पुल निर्माण कार्य अलपत्र परेको पुलको काम प्रदेश सांसद भाटको पहलमा सुरु भएको हो ।

 

ओदाल खोलामा पुल नहुँदा जनतालाई सास्ती भइरहेको र वर्षा याममा स्थानियहरुले खोला तर्दा अकालमै ज्यान गुमाउन पर्ने अबस्था बर्षेनी देखिएपछि सांसद भाटले पहिलो प्राथमिकता राखेर पुलको निर्माण कार्य अगाडी बढाउन पहल सुरु गरेका थिए ।

 

ओदाल खोलाको पुल २०८० साल भित्र निर्माण सम्पन्न गर्न सम्वन्धित निकायले प्रतिबद्धता जनाएको बताउदै सांसद भाटले यहि बर्षभित्र स्थानियलाई मोटरेवल पुलमा आवतजावत गर्ने काम गराउन दवाव दीइरहने बताए ।

 

“एक दशक सम्म यो ओदाल खोलाको पुल किन सम्पन्न भएन रु यस अघिका जनप्रतिनिधि कोको थिए उनै जानुन । यसका दोषी कोको हुन जनताले पहिचान गरून् र जानुन् तर यसपटक यो पुल सम्पन्न गर्न म प्रतिबद्ध छु । यो पुल बनाउन म जुनसुकै स्तरको त्याग र संघर्ष गर्न तयार छु,सांसद भाटले भने ।”

 

२०७३ भदौ १७ मा ठेक्का सम्झौता भएको पुल निर्माणको काम २०७४ फागुन १७ मा सक्नुपर्ने समयावधि थियो । सो समयमा निर्माणको काम नसकिएपछि म्याद थप गरिएको थियो ।

त्यसपछि २०७८ चैत्र ३० गते सम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म काम सम्पन्न हुन नसक्दा यहाँका स्थानीय आक्रोशित बनेका छन्।

ओदाल खोला हेर्ने साइड इन्चार्ज तारानाथ सिग्देलका अनुसार ३०र३० मिटरका दुई वटा स्पान बनाउनपर्ने पुलमा एउटा स्पान निर्माण भएको छ ।

पुलको भौतिक कार्य प्रगति ७५ प्रतिशत छ भने आर्थिक प्रगति ६१ प्रतिशत छ । अहिले भने पुल निर्माणको काम भइरहेको छ । सिग्देलका अनुसार फाउण्डेशन लगायतको काम सकिएको र स्पान निर्माणको काम जारी छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार