बेदकोट-३ का वडाध्यक्ष गुधार्मी शारदा माविको अध्यक्षमा चयन

24
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको बेदकोट नगरपालिका-३का वडाध्यक्ष मोहन बहादुर गुधार्मी एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन ।

 

बेदकोट नगरपालिका ४ दैजीको शारदा माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा उनी निर्विरोध चयन भएका हुन ।

शिक्षा ऐन ०२८को संशोधन ०७४ अनुरुप वडा अध्यक्ष वा निजले पठाएका सदस्य प्रदेन सदस्य अनुरुप आएका वडाध्यक्षलाई छनौट भएका अभिभावकले अध्यक्षमा चयन गरेका हुन । सदस्यमा हिरा लुहार, निर्मला शाहु, टीका लुहार, रतन वड, सरस्वती सिह, सदस्य सचिव प्रअ प्रमानन्द भट्ट, शिक्षक प्रतिनिधी हिरा रावल चयन भएका छन ।

वडाध्यक्ष समेत रहेका शारदा माविका अध्यक्ष मोहन बहादुर गुधार्मीले सामुदायिक विद्यालयको बृद्धि विकास, शैक्षिक गुणस्तरका लागि काम गर्ने प्रतिज्ञा गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार