कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगर पार्क संरक्षण सम्र्बद्धन संरक्षण समिति चयनमा विवाद उत्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरको पार्क संरक्षण सम्र्बद्धन संरक्षण समितिका लागि विवाद भएको हो ।
वडाले समिति गठनका लागि बिहीबार पार्कमै भेला बोलाएको थियो तर, भेलामा अध्यक्षका लागि पाँच आँकाक्षी देखिएका थिए ।
अध्यक्षमा पाँच मध्ये चार पुरुष र १ महिला देखिएका थिए, अन्तत अध्यक्षमा मन्जु शाहीलाई प्रस्ताव अघि सारिएको भेलामा सहभागिले शाहीमा समेत सर्मथन नजनाएपछि स्थगित भएको छ ।
भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले आँकाक्षीका पक्ष विपक्षीमा भेला विभाजित भएको र कुनैपनि आकाँक्षीमा सर्वसम्मत नभएपछि विवाद भएको बताए । भेलामा अधिकाँस काँग्रेस, एमाले निकटविच नेतृत्वका लागि दावि गरेको र एकले अर्कालाई स्वीकार नगरेपछि भेला स्थगित भएको छ ।
Discussion about this post